पाकिस्तानबाट नेपाल सिधा उडानको तयारी

नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले पाकिस्तान र नेपालबीच सिधा हवाई उडान पुनः सञ्चालनका निम्ति आफू लागिपरेको बताएका छन्। बुधबार आफ्नै कार्यकक्षमा केही कूटनीतिक पत्रकारहरूसँगको कुराकानीमा पाकिस्तानी राजदूतले दुई राष्ट्रबीचको सिधा उडान पुनः प्रारम्भ गर्न पाकिस्तान इन्टरनेशनल एयरलाइन्स आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए। उनले निजी क्षेत्रका अन्य विमान सेवा पनि विकल्पमा रहेका बताए। आफूले […]

सम्बन्धित सामग्री

काठमाडौं–सिड्नी सीधा उडान : अनुमतिको पर्खाइमा नेपाल एयरलाइन्स

काठमाडौं। सिंगापुरलाई ट्रान्जिट बनाएर नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अस्ट्रेलियाको सिड्नीमा सीधा उडानको तयारी गरेको झन्डै १ वर्ष हुन थालेको छ । साताको ३ दिन काठमाडौं–सिंगापुर–सिड्नी उडान गर्ने तालिकासमेत बनाएको निगम अहिले उक्त सेक्टरमा जाने अनुमतिको अन्तिम पर्खाइमा छ ।  निगमले उक्त सेक्टरमा उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको भन्दै अस्ट्रेलियाको नियामक निकाय सिभिल एसिएशन सेफ्टी अथोरिटी (कासा) को अनुमति पर्खिएको जानकारी दिएको छ । निगमका प्रवक्ता रमेश पौडेलले २०७९ चैतदेखि काठमाडौं–सिंगापुर–सिड्नी (सिड्नी अन्तरराष्ट्रिय विमानस्थल) सिधा उडानका लागि प्रस्ताव गरिएको जानकारी दिए ।  पहिलो चरणमा काठमाडौं–सिड्नी उडान गर्ने तयारी गरिएको र त्यसअनुसार नेपाल एयरलाइन्सले आवश्यक तयारी पूरा गरेको भन्दै उनले थपे, ‘कासाबाट उडान अनुमति पाउनासाथ नेपाल एयरलाइन्सको एयरबस–३३० जहाजले उडान गर्नेछ ।’ उनका अनुसार नेपाल एयरलाइन्सले उडानका लागि उडान तालिका पनि स्वीकृत गराइसकेको छ ।  नेपाल र अस्ट्रेलियाबीच २०७६ असोजमा दुईपक्षीय हवाई सम्झौता भएको थियो । त्यसअनुसार नेपाल एयरलाइन्सले काठमाडौं–सिड्नी उडान प्रस्ताव गरेर तयारी पूरा गरेको बताए पनि तत्कालै उक्त सेक्टरमा उडान गर्न भने नसक्ने देखिएको छ । नेपालका लागि अस्टे्रलियन राजदूत फेलिसिटी भोल्कले आर्थिक अभियानसँगको कुराकानीमा दुवै देशबीच सीधा उडानका लागि अझै ७ देखि १२ महीना नियामकीय प्रक्रियामा लाग्ने बताएकी छन् ।  ‘काठमाडौं–सिड्नी सीधा उडानका लागि नियामकीय प्रक्रियामा उल्लेखनीय रूपमा काम भएको छ,’ भोल्कले भनिन्, ‘कासा र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच उडान सुरक्षाका विषयमा छलफल भएकाले नियामकीय प्रक्रियाका लागि अझै १ वर्षजति लाग्न सक्छ ।’ उडानका लागि विभिन्न चरणमा अहिले पनि छलफल जारी रहेको उनको भनाइ छ ।  पछिल्लो समयमा अस्ट्रेलिया अध्ययन, रोजगारी र भ्रमणमा जाने नेपालीको रोजाइमा पर्न थालेको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा नेपालबाट १ लाख ५ हजार ३४३ जना विभिन्न प्रयोजनका लागि अस्ट्रेलिया गएको देखिन्छ । सन् २०२३ मै ३८ हजार ७९९ जना अस्ट्रेलियन पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ ।  अस्ट्रेलियाबाट आउने पर्यटक र यताबाट जानेको संख्या जोड्दा सामान्य अवस्थामा १ वर्षमा डेढ लाख हाराहारी मानिसको आवतजावत हुने देखिन्छ । अहिलेसम्म नेपालबाट अन्तरराष्ट्रिय उडान गर्नेमध्ये नेपाल एयरलाइन्सका लागि उपयुक्त बजार हुने भन्दै छिटो उडानको पहल आवश्यक भएको बताइएको छ । नेपाल आउने अस्ट्रेलियन पर्यटक क्रमश: बढेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । पर्यटकीय गन्तव्यको रूपमा नेपाललाई प्रचारप्रसार र ब्रान्डिङ गर्न सके पनि अस्ट्रेलियाबाट आउने पर्यटक संख्या थप बढ्ने राजदूत भोल्कले बताइन् । उनले नेपालका ३८ जिल्लामा विभिन्न कार्यक्रमका लागि पुगेको भन्दै अगाडि थपिन्, ‘म निकै सक्रिय भएर नेपाली संस्कृति र पर्यटन क्षेत्रको प्रचारप्रसारमा पनि लागिरहेकी हुन्छु । थोरै भए पनि नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुगोस् भन्ने हो ।’ नेपाल सुन्दर देश भएकोले धेरै अस्ट्रेलियन पर्यटक ल्याउन सकिने सम्भावना पनि उनले औंल्याइन् ।  नेपालको प्रकृति, आध्यात्मिक सुन्दरता र अन्य अनुभव लिन पनि नेपालमा आउन उनले आह्वान गरिन् । यस्तै उनले नेपालले पर्यटनका अन्य सेग्मेन्टहरू– कुलिनरी टुरिजम (खानासम्बन्धी पर्यटन), हेल्थ मेडिटेसन, योगा जस्ता पक्षमा पनि नेपालले काम गर्नुपर्ने र प्रचारप्रसार आवश्यक भएको बताइन् । ‘सरकारलाई मेरो सुझाव छ नेपाल पर्यटनको सम्भावना भएको देश भएकाले ठूलो अभियानसहितको प्रचारप्रसारमा लाग्नुहोस् ।’

सिंगापुरलाई ट्रान्जिट बनाएर काठमाडौं-अष्ट्रेलिया सिधा उडानको तयारी गर्दै नेवानि

११ जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–अष्ट्रेलियालाई सिधा हवाई उडानमा जोड्ने तयारी गरेको छ । नेपाल एयरलाइन्सका अनुसार यसका लागि सिंगापुरमा टेक्निकल ट्रान्जिट गरी जहाजलाई अष्ट्रेलियासम्म उडाउने तयारी गरिएको छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमले सिड्नी विमानस्थलमा स्लट (उडान/अवतरण गर्ने समय) प्राप्त गरेको छ । अब बाँकी प्रक्रियाका लागि काम भइरहेको […]

निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्ने

काठमाडौं, २ बैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सिधा उडानका लागि प्रक्रिया […]

अमेरिका, स्वीट्जरल्याण्ड र रुवान्डामा सिधा हवाई उडानको तयारी

काठमाडौँ – सरकारले अमेरिका, स्वीट्जरल्याण्ड र रुवान्डामा सिधा हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले यसबारे जानकारी गराएका हुन्। नेपाल नागरिक उड्ड्यन प्राधिकरणको २४ औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि अमेरिका, स्वीट्जरल्याण्ड र रुवान्डामा हवाई उडान सम्झौताको प्रक्रियालाई अघि […]

आधादर्जन अन्तर्राष्ट्रिय हवाई कम्पनिको पोखरामा चाँसो

अंग्रेजी नयाँवर्षको पहिलो दिन २०२३ जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। विमानस्थल संचालनमा आएसँगै आन्तरिक उडान अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु गर्ने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरिरहेको छ। आन्तरिक बाहेक अन्तर्राष्ट्रिय उडानको तयारीमा पनि आन्तरिक वायुसेवा कम्पनि जुटिसकेको छन। आन्तरिक वायुसेवा कम्पनिको तयारी बाहेक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिले पनि पोखराको यो विमानस्थलसम्म सिधा उडानका भर्नका लागि चाँसो दिएका छन्।

भैरहवा विमानस्थलमा परीक्षण उडान गर्ने योजनामा नेपाल वायुसेवा निगम

चैत २१, काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान गर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा छ ।            आगामी वैशाख १ गते नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान गर्ने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार विमानस्थलमा व्यावसायिक उडान भर्न हालसम्म ११ ओटा कम्पनीले चासो देखाएका छन् ।            बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसायिक अन्तरराष्ट्रिय उडान शुरु गर्ने प्राधिकरणको योजना छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट चाँडो व्यावसायिक उडान गर्न निर्देशन दिएका छन् । उक्त विमानस्थलमा क्यालिब्रेसन उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ । फागुन पहिलो साता क्यालिब्रेसन उडान गरिएको थियो ।            विमानस्थलबाट उडान गर्न सरकारले हवाइसेवा कम्पनीलाई औपचारिकरुपमा आग्रह गरिसकेको छ । व्यावसायिक उडानका लागि नेपाल वायुसेवा, जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले चासो देखाएका छन् । व्यावसायिक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले हप्ताको सातै दिन उडान गर्ने प्राधिकरणले बताएको छ । उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान गर्न अनुमति मागेको बताइएको छ । रासस

४५ हजारमै जापान उड्न पाइने !

काठमाण्डाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट ४५ हजार रुपैयाँमै जापानको यात्रा तय गर्न सकिने भएको छ । आउँदो असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाण्डाै–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजा...