रविले किन लिएनन् लौरो चुनाव चिन्ह

काठमाडौं, ७ असार । धेरैलाई रवि लामिछानेले स्वतन्त्र उम्मेदवारी घोषणा गर्छन् भन्ने लागेको थियो । उनी कुनै दल विशेषमा प्रवेश गर्छन् भन्ने अड्कल पनि थियो । तर, उनले दुवै गरेनन् । राजनीतिक दल नै खोले जसको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखे । स्वतन्त्रहरुको दल भएपनि रविले लौरो चुनाव चिन्ह लिनसक्ने अनुमान थियो । लौरो चिन्ह […]

सम्बन्धित सामग्री

‘लौरो’ चुनाव चिन्ह खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौँ । लौरो चुनाव चिन्हको सम्बन्धमा प्रस्ट पारिदिन निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।  हाम्रो नेपाल पार्टीले केही समय अघि नै लौरो चुनाव चिन्ह आफ्नो भनेर आयोगमा दर्ता गरेपनि स्वतन्त्रहरूको साझा चिन्ह भन्दै प्रचार भएपछि आयोगसँग प्रस्टीकरणका लागि निवेदन दर्ता भएको हो ।  आइतबार निर्वाचन आयोगमा पुगेर काठमाडौँ क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार […]

‘लौरो’ चुनाव चिन्ह खारेज गर्न स्वतन्त्र उम्मेदवारहरूको माग

लौरो चुनाव चिन्हको सम्बन्धमा प्रष्ट पारिदिन निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।  हाम्रो नेपाल पार्टीले केहि समय अघि नै लौरो चुनाव चिन्ह आफ्नो भनेर आयोगमा दर्ता गरेपनि स्वतन्त्रहरूको साझा चिन्ह भन्दै प्रचार भएपछि आयोगसँग प्रष्टिकरणका लागि निवेदन दर्ता भएको हो । आइतबार निर्वाचन आयोगमा पुगेर काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेदवार विजय कँडेल र क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेदवार सुनिल रिजालले संयुक्त रूपमा हाम्रो नेपाल पार्टीको लौरो चिन्ह बारेमा प्रष्टिकरण दिन निवेदन दर्ता गराएका हुन्

आमनिर्वाचनमा पनि चम्किएला लौरो?

काठमाडौँ– केही दिनअघि काठमाडौँमा आयोजित एक राजनीतिक समारोहमा लौरो टेकेर सहभागी हुन पुगेका बृद्धले ‘यो मेरो चुनाव चिन्ह हैन, सहाराको लागि टेकेको हुँ भन्दै कार्यक्रमस्थलमा प्रवेश गरे। स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्र उम्मेदवार लौरो चुनाव चिन्ह लिएर विजयी भएपछि लौरो अन्य प्रयोजनको लागि नभई चुनाव चिन्ह मात्रै हो कि भन्ने आम जनमानसमा परेको छ। यो […]

‘लौरो’ चुनाव चिन्ह लिएर आयोगमा दर्ता भयो हाम्रो नेपाली पार्टी

निर्वाचन आयोगमा हाम्रो नेपाली पार्टी दर्ता भएको छ । अनन्तराज घिमिरे अध्यक्षसहित २२ सदस्यीय टिम रहेको सो पार्टीले चुनाव चिन्ह लौरो पाएको छ । बिहीबार आयोगमा सो दल दर्ता भएको र चुनाव चिन्ह लौरो रहेको आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले रातोपाटीलाई जानकारी दिए । छोटकरीमा हानेपा नाम रहेको सो दल १८८ नम्बरमा दर्ता भएको हो । सो दलले माथिल्लो भागमा रातो रंग र तल्लो भागमा निलो रंगको झण्डा राखेको छ । त्रिभुवन नगरपालिका दाङ घर भएका अध्यक्ष घिमिरेको टिममा अरुणकुमार रौनियार, गिरीराज पौडेल, फूलमाया

चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का धरौटीमा छुटे

पोखरा – निर्वाचन आयोगले आफूले रोजेअनुसार चुनाव चिन्ह नदिएको आरोपमा अराजक अभिव्यक्ति दिएका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए । अटेरीले सुरुमा लौरो चिन्ह रोजेको थियो । तर,  आयोगको निर्देशिका अनुसार स्वतन्त्र उम्मेदवारको संख्याका […]

चुनाव चिन्ह विवादमा पक्राउ परेका अटेरीका खड्का धरौटीमा छुटे

निर्वाचन आयोगले आफूले रोजेअनुसार चुनाव चिन्ह नदिएको  विवादमा पक्राउ परेका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए ।पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको अटेरी अभियानका उम्मेदवारले सुरुमा लौरो चिन्ह रोजेका थिए । तर,  आयोगले लौरो चिन्ह दिन नमिल्ने बताएपछि खड्कासहितको टोलीले निर्वाचन अधिकृत कार्यालय अघि पुगेर प्रदर्शन गरेका थिए ।उनले चुनावी आच

बालेन साहले पाए चुनाव चिन्ह ‘लौरो’

काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले लौरो चुनाव चिन्ह पाएका छन् । शनिवार आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो । साहको आधिकारिक चुनाव चिन्ह लौरो भएको छ । यसअघि सामाजिक सञ्जालमा उनको चुनाव चिन्ह खसीको टाउको भन्दै प्रचार गरिएपनि सो मिथ्या सूचना हो । चुनाव चिन्ह पाएसँगै साह लौरो चिन्ह लिएर चुनावी प्रचारमा निस्किएका छन् ।

अटेरी समूहलाई पनि लौरो चुनाव चिन्ह

पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको छ । शनिबार निर्वाचन आयोगले पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीहरुलाई चुनाब चिन्ह लौरो प्रदान गरिएको हो ।अटेरी  समूहबाट पोखराको मेयरका प्रत्यासी गणेश पौडेलले अटेरी समूहका वडा अध्यक्षसम्मका उम्मेदवारले लौरो  चुनाव चिन्ह प्रदान गरिएको बताए । यसअघि काठमाडौँमा स्वतन्त्र मेयरका उम्मेदवार बालेन शाहले पनि चुनाब चिन्ह लौरो पाएका थिए ।

अटेरी समूहको चुनाव चिह्न 'लौरो'

कास्की :  पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका उम्मेदवारलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको छ।शनिबार निर्वाचन आयोगले पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका उम्मेदवारलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको हो।लौरो चिह्न पाएपछि मेयरका प्रत्यासी गनेश पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्,'भ्रष्टलाई दण्ड!कमजोरलाई सहारा!अटेरी चुनाव चिन्ह 'लौरो'!'

बालेन शाहले पाए ‘लौरो’ चुनाव चिन्ह

काठमाडौं, १७ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौंको मेयरमा उम्मेदवारी दिएका बालेन शाहले “लौरो” चुनाव चिन्ह पाएका छन्।   आयोगले आज उम्मेद्धवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो । जसअनुसार शाहले लौरो चुनाव चिन्ह पाएका हुन् । शाहले काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर प्राप्त गरेका छन् । शाह […]