पञ्चेश्वरमा कूटनीतिक पहल

पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणका बारेमा नेपाल र भारतबीच सम्झौता भएको ३ दशक हुन लाग्दा पनि परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत बन्न सकेको छैन । पञ्चेश्वर विकास प्राधिकरणले विज्ञ समूहलाई डीपीआरमा रहेको समस्या समाधान गर्न ३ महीनाको अवधि दिएर सक्रिय बनाएपछि यो परियोजना अघि बढ्छ कि भन्ने आशा बढेको छ । तर, भारतको चासो यहाँ बिजुली निकाल्नभन्दा पनि पानी उपयोगमा बढी देखिएकाले यो विषय अघि बढाउन नेपालले बलियो कूटनीतिक पहल गर्नुपर्ने देखिन्छ ।  भारतले नेपालका जलविद्युत् आयोजनाहरूमा भन्दा यहाँको पानीमा बढी चासो राखेको पाइन्छ । सिँचाइ र खानेपानीमा नै उसले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा पनि चासो देखाएको मानिन्छ । त्यही भएर उसले पानी बाँडफाँटमा अहिले पनि बखेडा झिकिरहेको छ । त्यही भएर यसको गभर्निङ बडीको बैठकसमेत बस्न सकेको देखिँदैन । २०७६ सालपछि यसको बैठक बस्न नसकेको हो । अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि भारत केही सकारात्मक भएको देखिन्छ । तर, प्रधानमन्त्रीको भ्रमणहरूमा यस विषयले चर्चा पाउने र त्यसपछि बिस्तारै सेलाउने गरेको छ । अहिले पनि त्यस्तै होला कि भन्ने आशंका नेपाली पक्षलाई छ ।  पञ्चेश्वरमा दुवै देश लाभान्वित हुने देखिन्छ । त्यसो हुँदा यसको निर्माण मोडालिटी, निर्माण अवधि, लाभ र लगानीको बाँडफाँट जस्ता विषयमा दुई देशले स्पष्ट रूपमा एकअर्कालाई बुझाउनुपर्छ । पञ्चेश्वर परियोजना नेपालका लागि निकै महङ्खवपूर्ण छ । झन्डै १० हजार मेगावाट बिजुली उत्पादन हुने र हजारौं हेक्टर जमीनमा सिँचाइ हुने भएकाले सुदूरपश्चिम प्रदेशका लागि यो रूपान्तरणकारी परियोजना नै बन्ने निश्चित छ । पञ्चेश्वर आयोजनाबाट भारतले बढी लाभ लिने भएकाले त्यसमा भारतीय लगानी बढी हुनुपर्छ भन्ने नेपालको भनाइ छ । भारतले यहाँबाट बढी पानी लान खोजेको छ । देखिने गरी भएको विवाद यत्ति नै भए पनि भारतको वास्तविक रुचि के हो बुझेर त्यसअनुसार कूटनीतिक रूपमा स्पष्ट पार्न नेपाल असमर्थ रहेको देखिन्छ । नेपालले बारम्बार पञ्चेश्वरको कुरा उठाउँदा उसले त्यसको बदला साना केही जलविद्युत् आयोजनाहरू बनाइदिने प्रस्ताव पनि गरेको हो । तर, ती आयोजना पनि अघि बढेनन् । अहिले भारत नेपालबाट जलविद्युत् लैजान केही मात्रामा सकारात्मक देखिएको छ । यही बेला पञ्चेश्वर परियोजनालाई ब्युँताउन नेपालले पहल गर्नु परिणामदायी हुन सक्छ ।  जबसम्म नेपालमा भारतीय आयोजना र सहयोगप्रति दलहरू बीच एकमत हुँदैन तबसम्म नेपालले चाहे जस्तो गरी उसले सहयोग गर्ने सम्भावना देखिँदैन । नेपालको विकासका लागि ठूलो दाता भए पनि उसले नेपालको आर्थिक रूपान्तरण हुने खालका आयोजनामा भने चासो देखाएको छैन । भारतीय सहयोगलाई लिएर देशभित्रै चर्को विरोध र विवाद हुने गरेको छ । त्यही भएर ऊ नेपाल सरकारका धेरै माग र अपेक्षाप्रति सकारात्मक नबनेको हो भन्न सकिन्छ । दलहरू र बौद्धिक वर्गले एकमत भएर भारतसँग पञ्चेश्वरजस्ता ठूला आयोजना बनाइदिन प्रभावकारी ढंगले कूटनीतिक पहल गर्ने हो भने नेपालले चाहेका परियोजना बनाइदिन र अन्य सहयोग गर्न पनि ऊ तयार हुन सक्छ । मुख्य कुरा नेपाल आफ्नो नीतिमा एक ढिक्का र स्थिर रहन सक्नुपर्छ । नेपाल र भारतबीच जेजति सम्झौता, समझदारी भएका छन् र मौखिक सहमति भएका छन् त्यसमा दुवै देशले आआफ्नो देशको स्वार्थ हेरेका छन् । पञ्चेश्वरमा दुवै देश लाभान्वित हुने देखिन्छ । त्यसो हुँदा यसको निर्माण मोडालिटी, निर्माण अवधि, लाभ र लगानीको बाँडफाँट जस्ता विषयमा दुई देशले स्पष्ट रूपमा एकअर्कालाई बुझाउनुपर्छ । यसमा कर्मचारीको तहबाट मात्रै समाधान ननिक्लने हुँदा कूटनीतिक मिशन नै सञ्चालन गरिनु आवश्यक छ ।  अहिले केही आशा पलाएको अवस्था छ । यतिबेला भारतसँग निरन्तर कूटनीतिक तहमा नै वार्ता भइरहने हो भने उपलब्धि प्राप्त हुन सक्छ । भारतको भित्री इच्छा के हो त्यो बुझेर नेपालले आफ्नो पूर्ण कूटनीतिक र राजनीतिक शक्ति उपयोग गर्नुपर्छ । यसो गर्न नसक्ने हो भने दशकौं एउटै परियोजनालाई गिजोलिरहनु उपयुक्त हुँदैन ।

सम्बन्धित सामग्री

कूटनीतिक पहल गर्न परराष्ट्रलाई गृहको पत्राचार

दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल गर्न गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृह मन्त्रालयले दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त स्थलगत प्रतिवेदनसहित दीर्घकालीन...

अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक पहल हुन्छ : माओवादी

काठमाडौं, १४ कार्तिक । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिदै कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको अतिक्रमित नेपाली भूमि फिर्ताको लागि अविलम्ब कूटनीतिक पहल गर्ने लक्ष्यका साथ प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय सहमतिका साथ अतिक्रमित भूमि समेटिएको नक्सा सार्वजनिक भए पनि व्यवहारतः ती भूमि फिर्ता हुन सकेको छैन । ती भूमि फिर्ताका लागि […]

कोशी ब्यारेजका सबै ढोका खोल्न कूटनीतिक पहल गर : अनेरास्ववियु

काठमाडौं : नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कोशी ब्यारेजका सबै ढोका खोल्न भारतसँग कूटनीतिक पहल गर्न आग्रह गरेको छ।अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई कूटनीतिक पहलमार्फत कोशी ब्यारेजका सबै ढोका खोल्न आवश्यक पहल यथाशीघ्र गर्न अनुरोध गरेकी हुन्।उनले प्राकृतिक प्रकोप न्यूनीकरण गर्न सकिने विकल्प हुँदाहुँदै पनि सरकार त्यसप्रति उदासिन देखिँदा दिनप्रतिदिन ठूलो क्षति हुँदै गएको उल्लेख गरेकी छन्।सप्तकोशीमा पानीको बहाव उच्च हुँदा भारतले कोश

परराष्ट्रमन्त्री खड्का भन्छन् : जयसिंह धामीबारे कूटनीतिक पहल जारी छ

३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले महाकाली नदीमा बेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीको सम्बन्धमा सरकारले कूटनीतिक पहल जारी रहेको बताएका छन् । ‘नेपाली नागरिक जयसिंह धामी तुइनबाट महाकाली नदी तर्नेक्रममा बेपत्ता भएको घटनाको सम्बन्धमा गठित समितिको प्रतिवेदनअनुसार भारत सरकारलाई २०७८ भदौ २० मा कूटनीतिक माध्यमबाट लेखिपठाइएको र यससम्बन्धमा नेपालको तर्फबाट निरन्तर पहल भइरहेको […]

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

कोपेनहेगन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्वन्द्व समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन्। उनले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि वार्ता र कूटनीतिक पहल जरुरी रहेको बताएका हुन् । हाल युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले मंगलबार डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि सो धारणा राखेका हुन् । डेनमार्कका […]

विद्यार्थीहरुको भविष्य डामाडोल नहोस्, सरकारले कूटनीतिक पहल गरोस्

काठमाडौं। चीन र जापानमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउने वातावरण मिलाउन संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ। समितिकी सभापति जयपुरी घर्तीले चीन र जापानमा अध्ययनरत र अध्ययन गर्न जाने प्रक्रियामा रहेका विद्यार्थीहरुको समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयलाई निर्देशन दिएकी हुन्।

दार्चुला घटनामा कूटनीतिक पहल गर्न गृहद्वारा परराष्ट्रमा पत्राचार

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । उक्त घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन आज मन्त्रालयले आवश्यक कूटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।     मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा दार्चुला...

दार्चुला घटनाबारे कूटनीतिक पहल गर्न गृहले गर्‍यो परराष्ट्रलाई पत्राचार

काठमाडौँ । दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा संलग्नमाथि कारबाहीका लागि कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाएपछि गृहले अनुसन्धान गरेर दोषीमाथि कारबाही, परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन कूटनीतिक पहल गर्न सिफारिस गरेको हो । छानबिन समितिले दिएको सुझाव अनुसारका […]

भारतबाट लिक्विड अक्सिजन आयातको कूटनीतिक पहल गर्न परराष्ट्रलाई निर्देशन

काठमाडौं।कोरोना भाइरस संक्रमित र अन्य बिरामीको उपचारमा अस्पतालहरुमा अक्सिजन अभाव भएपछि सरकारले भारतबाट लिक्विड अक्सिजन आयात गर्ने प्रक्रिया सुरु गर्न परराष्ट्र मन्त्रालयलाई भनेको छ। मुख्यसचिव शंकर दास वैरागीको अध्यक्षतामा बसेको कोभिड सहजीकरणको बैठकले भारतबाट लिक्विड अक्सिजन आयात गर्न परराष्ट्रलाई तुरुन्त कूटनीतिक पहल गर्न भनेको हो। उक्त कार्यमा सघाउन उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयलाई भनिएको छ।