एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, अक्सिजन सपोर्ट हटाइयो

 भारतको एपोलो अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ ।  उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले आइतवार दिउँसो जानकारी दिएका छन् ।  खनालको स्वास्थमा उल्लेख्य सुधार आएको र ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको उनले बताएका छन् ।  स्वकीय सचिव भट्टराईका अनुसार, उनमा लगाइएको अक्सिजन सर्पोट पनि हटाइएको छ ।  पूर्व प्रधानमन्त्री खनालको थप स्वास्थ्य उपचारको क्रममा केही समय लाग्ने अस्पता...