चार दर्जन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज सेयर बजारमा उत्साहजनक वृद्धि आउँदा झण्डै चार दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजारमा ४४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो। यसक्रममा आज ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। एकै दिन यतिधेरै कम्पनीमा आएको वृद्धि अहिलेसम्मकै सबैभन्दा बढी हो।

सम्बन्धित सामग्री

नेप्सेमा ९४ अंकको उछाल, २ दर्जन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९४ अंकको सुधार आएको छ । कारोबार समयदेखि बढ्न थालेको नेप्से परिसूचक निरन्तर बढ्दै उच्च अंकको वृद्धिसँगै बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १ हजार ९ सय ५६ अंकमा पुगेर बन्द भएको छ ।यसक्रममा आज कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आज नेप्सेमा २ अर्ब १९ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । यसक्रममा ६३ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ । यसअघि २ घन्टा मात्रै कारोबारमा आएको नेप्सेमा गत साताको शुक्रबार १३ अंकले बढेको थियो ।त्यसक्रममा नेप्सेमा

तीन दर्जन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९ अंकले बढ्दा करिब तीन दर्जन कम्पनीको सेयर मूल्य बढेको छ। आज एकै दिन ३३ वटा कम्पनीको सेयर मूल्यमा उत्साहजनक वृद्धि आएको हो। ती सबै कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्ने गरी ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ। आज बजार बढेको दिन जम्मा १४ वटा कम्पनीको सेयर मूल्य सामान्य अंकले घटेको छ।

साताको अन्तिम कारोबार दिन २९४४.७८ विन्दुमा नेप्से, १६ अर्बभन्दा बढीको कारोबार

जेठ २७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २ हजार ९४४ दशमलव ७८ विन्दुमा बन्द भएको छ । यो दिन नेप्से परिसूचक १ दशमलव ८० अंकले घटेको हो । २ हजार ९६८ दशमलव शून्य ९ विन्दुदेखि खुला भएको बजार २ हजार ९७० दशमलव ५५ विन्दुसम्म पुगेको थियो । यो दिन २ हजार ९२६ विन्दुसम्म झरेर बजार उकालो लागेको हो । नेप्से परिसूचक सामान्य अंकले घटेपनि ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ५९ अंक बढेर ५२७ दशमलव ८७ विन्दुमा पुगेको छ । कारोबार रकमको उच्चता भने यस दिन पनि कायमै रहेको छ । बिहीवार २२० कम्पनीको १ लाख ५५ हजार ६९० पटकको व्यापारमा रू. १६ अर्ब १० करोड ४ लाख १२ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि शुक्रवार एक दिन बुक क्लोज गर्ने भएकाले पनि यो दिन कम्पनीले सर्वाधिक रकमको हिस्सा ओगटेको हो ।  बिहीवारसम्म शेयर कायम गरेका शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन गर्न पाउँने हुदाँ यस दिन कम्पनीको शेयरमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको हो । सर्वाधिक कारोबार भएको दिन कम्पनीको शेयरमूल्य पनि ७ दशमलव ७२ प्रतिशत बढेर अन्तिम मूल्य रू. ५८६ पुगेको छ ।  साताको अन्तिम कारोबार दिनको बजारबाट जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यस दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव ९९ प्रतिशत बढेको हो ।  त्यस्तै, विकास बैंकको २ दशमलव ६३ प्रतिशत, वित्तको २ दशमलव ५७ प्रतिशत, लगानीको १ दशमलव शून्य ८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ७९ प्रतिशत र लघुवित्तको शून्य दशमलव १४ प्रतिशत परिसूचक बढेको छ । यस दिन पाँचथर पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. ३८५ पुगेको छ । पाँचथर पावरसहित एक दर्जन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन लिवर्टी ईनर्जी कम्पनीको ९ दशमलव ९७ प्रतिशत, शिवश्री हाइड्रोपावरको ९ दशमलव ९७ प्रतिशत, ङदी ग्रुपको ९ दशमलव ९३ प्रतिशत, माउण्टेन ईनर्जी नेपालको ९ दशमलव ९२ प्रतिशत, रिडी हाइड्रोपावरको ९ दशमलव ९० प्रतिशत, बरुण हाइड्रोपावरको ९ दशमलव ८७ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशत मूल्य बढेको छ । त्यसैगरी अरुणभ्याली हाइड्रोपावरको ९ दशमलव ८१ प्रतिशत, जोशी हाइड्रोपावरको ९ दशमलव ७३ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९ दशमलव ६८ प्रतिशत, पोखरा फाइनान्सको ९ दशमलव ५५ प्रतिशत र अपि पावरको ९ दशमलव ४५ प्रतिशत शेयरमूल्य बढेको हो ।  यो दिन गोर्खाज फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ४ दशमलव २५ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५९ ले घटेर अन्तिम मूल्य रू. १ हजार ३३० कायम भएको हो ।

आधा दर्जन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

वैशाख ९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार आधा दर्जन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । कारोबारमा आएका २०७ ओटा कम्पनी मध्ये सबैभन्दा बढी सिन्धु विकास बैंक र बिशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो ।  त्यसैगरी महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत, ग्रीन डेभलपमेण्ट बैंकको ९ दशमलव ९५ प्रतिशत, ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९३ प्रतिशत र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको शेयरमूल्य ९ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ ।  यी ६ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो । बिशाल बजार कम्पनीको हकमा कम्पनीको शेयर कारोबार तीन महीनादेखि रोक्का रहेको थियो । तीन महीना पछि शेयर कारोबार खुला हुँदा लगानीकर्ताको आर्कषण बढेको हो ।  बिशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार १६८ पुगेको छ । त्यसैगरी सिन्धु विकास बैंकको शेयरमूल्य प्रतिकित्ता रू.२८६, महिला लघुवित्तको शेयर मूल्य रू. १ हजार ९४२, ग्रीन डेभलपमेण्ट बैंकको रू. २३२, ज्योति लाइफ इन्स्योरेन्सको रू. ९०८ र एनसीसी बैंकको रू. ३४६ पुगेको हो ।