कांग्रेस निर्वाचन : सभापतिबाहेकको मतपेटिका सानेपा लगिँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमवार सम्पन्न मतदानको मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । सभापतिको मतगणना नहुँदासम्म सो मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस निर्वाचन समितिले जनाएको छ । कुल ८७ वटा मतपेटिकामध्ये ८४ वटा मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपा लैजान लागिएको हो।  १५ वटा गाडीमा राखेर सानेपा लगिने उक्त मतपेटिका सुरक्षाकर्मीको कडा सुरक्षामा राखिने बताइएको छ । सभापतिको मतगणना आइसकेपछि मात्रै सानेपामा राखिने सो मतपेटिकाको मत गणना गरिनेछ ।

सम्बन्धित सामग्री