'बैंकहरुले ब्याजदर बढाएर व्यवसायी पलायन हुनुपर्ने अवस्था आयो'

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले ब्याजदर बढाएर उद्योगी, व्यवसायीहरुलाई ठगी गरेको बताएका छन् । मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।उनले सरकारले बैंकहरुले बढाएको ब्याजदर नियन्त्रण नभए व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताए । उनले बजारमा तरलता संकटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत बैंकहरुले चर्को ब्याज लिइरहेको आरोप लगाए । उपाध्यक्ष श्रेष्ठले ब

सम्बन्धित सामग्री

अटो व्यवसायी भेन्टिलेटरमा पुगिसकेका छौं : अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो व्यवसायी पेशाबाट पलायन हुने अवस्था आएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रि-बजेट छलफल कार्यक्रमा बोल्दै उनले अटो क्षेत्र धराशायी बन्दै जाँदा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको बताएका हुन् । अटो व्यवसायमा सुधार आउनु पर्नेमा झन्झन् खस्किँदै गएर व्यवसायी समस्यामा परेको उनले बताए […]

नवलपुरमा व्यापार व्यवसायी पलायन बढ्दो

नवलपुरमा आर्थिक मन्दीका कारण यतिबेला सफल व्यवसायी पनि विस्थापित तथा पलायन हुने अवस्था बढ्दो रहेको छ ।

चर्को ब्याजदरकै कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था

नेपाल व्यवसायी राष्ट्रिय महासङ्घले बैँक तथा वित्तीय संस्थाले लिँदै आएको चर्को ब्याजदरकै कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको भन्दै ब्याजदर घटाउन अर्थमन्त्री समक्ष माग गरेका छन् । महासङ्घको टोलीले अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर कोरोनाले थलिएका उद्योगी व्यवसायी बैँक तथा वित्तीय संस्थाले चर्को ब्याजको कारणले व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै ब्याजदर घटाउन माग …

चितवनका साना निर्माण व्यवसायी पलायन हुने अवस्थामा

चितवन । चितवनका साना निर्माण व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् । दुई वर्षदेखि कच्चा पदार्थका लागि खोलानाला खुला नगरिएको र बैंकको ब्याजदर बढेकाले आफूहरू व्यवसाय परिवर्तन गर्नुपर्ने स्थितिमा पुगेको उनीहरूले बताएका छन् । निर्माण व्यवसायी संंघ चितवनका महासचिव पुष्कर अधिकारीका अनुसार संघमा आबद्ध चार सय निर्माण व्यवसायीमध्ये तीन सय ९० साना व्यवसायी छन् । जिल्लामा संघमा आबद्ध नभएकासमेत गरी यो संख्या एक हजारभन्दा बढी छ । यही अवस्था रहे ७५ प्रतिशत साना निर्माण व्यवसायी पलायन हुने उनले बताए । ‘राज्यको पुरानो खरीद ऐनमा टेकेर ठेक्का सम्झौता गर्नुपर्ने अवस्था छ, इन्धनको भाउ बढेको छ, बैंकहरूले ब्याज बढाएका छन्,’ उनले भने, ‘यस्ता समस्याले व्यवसाय संकटमा परेको छ ।’ अहिले जिल्लाका करीब एक सय निर्माण व्यवसायी काम गर्न नसक्ने स्थितिमा पुगेको भन्दै उनले विशेषगरी साना निर्माण व्यवसायीको समस्यालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताए । ठेक्का सम्झौताअनुसार समयमा काम हुन नसक्दा व्यवसायी कारबाहीमा समेत पर्ने गरेका छन् । राज्यले नदीजन्य वस्तुको ठेक्का नखोल्दा पहिलेको तुलनामा प्रतिटिपर रू. पाँच हजार महँगोमा कच्चापदार्थ किन्नुपर्ने बाध्यता रहेको अधिकारीले बताए । निर्माण सामग्री ढुवानी गर्ने टिपर दैनिक सात घण्टा रोकिँदा काममा समस्या आएको उनको भनाइ छ । सवारी चाप नियन्त्रणका लागि ट्राफिक प्रहरीले बिहान ८ देखि ११ बजेसम्म र साँझ ४ देखि ८ बजेसम्म ढुवानीका टिपर रोक्दै आएको छ । अधिकारीका अनुसार दिउँसो टिपर चल्न नपाउने र रातिमा कच्चा पदार्थ झिक्न नपाउने हुँदा समस्या भएको हो । सरकारले निर्माणको कच्चापदार्थका लागि खोलानाला खुला नगर्दा समस्या भएको निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष केशव लामिछानेले बताए । ‘समयमा नदीजन्य पदार्थ पाउन नसक्दा समस्या भएको छ । यसको जिम्मा कसले लिने ?,’ राज्यको नीतिका कारण साना तथा ठूला निर्माण व्यवसायी मर्कामा परेको उनको भनाइ छ । ठेक्का सम्झौताअनुसार काम सम्पन्न गर्दासमेत सम्बन्धित निकायले समयमा निकासी नदिएकाले व्यवसायी थप मर्कामा परेको उनले बताए । राज्यको नीतिका कारण व्यवसायी मर्कामा परेको उनको भनाइ छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले ठेक्का सम्झौताअनुसार निर्धारित समयमै काम सम्पन्न हुनुपर्ने बताए । पछिल्लो समय निर्बाध रूपमा कच्चा पदार्थ नपाएको, बैंकको ब्याज बढेको, इन्धनको मूल्यमा वृद्धि भएको स्वीकार गर्दै उनले कतिपय व्यवसायीले बहानाबाजी गरेर काम नगर्ने गरेको बताए । भरतपुर महानगरपालिकाले अहिलेसम्म ठेक्का सम्झौता गरेर समयमा काम नसक्ने, सम्झौतापछि सम्पर्कमा नआउने, काममा ढिलासुस्ती गर्ने १७ निर्माण कम्पनीलाई कारबाही गरेको अधिकारीले जानकारी दिए । राज्यले गर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने, तर व्यवसायीले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ छ । रासस

‘बैंकहरुले व्याजदर बढाएर उद्योगी, व्यवसायीलाई ठगी गरे’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले व्याजदर बढाएर उद्योगी, व्यवसायीलाई ठगी गरेको बताउनुभएको छ । मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंले गरेको यससम्बन्धी छलफलमा उपाध्यक्ष श्रेष्ठले यस्तो आरोप लगाउनुभएको हो । उहाँले व्याजदर नियन्त्रण नभए व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले बजारमा तरलता संकटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत बैंकहरुले […]

महामारीले पलायन हुने अवस्था आएको व्यवसायीको गुनासो

निजी क्षेत्रले कोरोना महामारीका कारण उद्योगी–व्यवसायी पलायन हुने अवस्थामा पुगेको भन्दै सरकारलाई ब्याजदरमा अनुदान दिन आग्रह गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मालाई गुनासो पोख्दै निजी क्षेत्रले रेमिट्यान्सलाई बैंकिङ च्यानलमार्फत भित्र्याउन थप ब्याज र अनुदानको व्यवस्था गर्न पनि सुझाव दिएका छन् ।अर्थमन्त्रीलाई सुझाव दिँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण अझै पनि बन्द […]

कहिले लयमा फर्केला पर्यटन क्षेत्र?

काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा हटाइसँगै अन्य क्षेत्र चलायमान भइसकेका छन्। तर, पर्यटन क्षेत्रले भने अझै गति लिन सकेको छैन।सरकारी तथ्यांकअनुसार कोरोना भाइरस महामारीका कारण लकडाउन गरेपछि पर्यटन क्षेत्रमा आवद्ध ८० प्रतिशत मजदुरले रोजगारी गुमाएका छन्। ६० प्रतिशत व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन्।कोरोनाका कारण करिब लामो समय बन्द भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ। उडान सञ्चालन भए पनि पर्यटन क्षेत्र तत्काल तङ्ग्रिन सक्ने अवस्था नरह

'दुई वर्षमा ५० करोडको घाटा' – देशसञ्चार

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष गंगाप्रसाद नेपालले कोरोना महामारीका कारण र्‍याफ्टिङ क्षेत्रका आधा व्यवसायी पलायन हुने अवस्था रहेको

लकडाउनमै तयार भयो दोलखामा तारे होटल

लकडाउनका कारण धेरै व्यापार व्यवसाय बन्द भए । लामो समयदेखि व्यवसायमा लागेकाहरु पनि लकडाउनपछि के गर्ने भन्ने अन्यौलमा छन् । यसमा पनि लकडाउनले सबैभन्दा बढी असर पारेको क्षेत्र होटल तथा पर्यटन क्षेत्र नै हो । पहिलो र दोस्रो लकडाउनले कतिपय पर्यटन क्षेत्रका व्यवसायी पलायन नै हुनुपर्ने अवस्था आएको छ । तर दोलखामा एक व्यवसायीले पहिलो […]