चिनियाँ सेनाले लगेको भनिएका भारतीय युवक परे फेला, फिर्ता ल्याउन पहल

भारत र चीनको सीमाका रूपमा रहेको वास्तविक नियन्त्रण रेखा नजिक अरुणाचल प्रदेशबाट हराएका १७ वर्षीय भारतीय युवक फेला परेका छन् ।  चिनियाँ सेनाले उनलाई पत्ता लगाएको र उनलाई भारत फर्काउनका लागि प्रक्रिया थालिएको भारतीय सेनालाई उद्धृत गर्दै समाचार संस्था एएनआईले खबर दिएको छ ।  ‘चिनियाँ सेनाले हामीलाई अरुणाचल प्रदेशबाट हराइरहेको किशोर भेटिएको बताएको छ र समुचित प्रक्रिया अपनाइएको छ,’ भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल हर्षवर्धन पाण्डेले बताए ।  ती किशोर गत बुधवार हराएपछि भारतीय सेनाले चिनि...