भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई करिब २२ करोडको सामग्री हस्तान्तरण

नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई करिब २२ करोड मूल्य बराबरको सामग्री हस्तान्तरण गरेका छन् । १० वटा माइन प्रोटेक्टिभ भेहिकल (बख्तरबन्द गाडी) सहित करिब २२ करोड मूल्य बराबरको सामग्रीको स्याम्पल सेनाध्यक्ष पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेको सैनिक प्रवक्ता नारायण सिलवालले रातोपाटीलाई बताए । भारतीय सेनाले नेपाली सेनालाई ४ वटा घोडा पनि दिएको छ । दुई देशका बाइल्याटरल कन्सल्टिङ  ग्रुपमा छलफल भएपछि तय भएअनुसार भारतीय सेनाले मेडिकल सामग