बन्द रहेका नेपालका ६ हल ‘पठान’ देखाउन भोलिदेखि पुनः सञ्चालन हुँदै

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान स्टारर फिल्म ‘पठान’ भोलि (बुधबार)देखि विश्वका १०० भन्दा बढी देशमा रिलिज हुँदैछ । भारतबाहेकका मुलुकमा यो फिल्म २५ सय पर्दाबाट रिलिज हुन लागेको बलिउड सञ्चारमाध्यमले जनाएका छन् । यो संख्या बलिउडका लागि अहिलेसम्मकै उच्च रहेको जनाइएको छ । नेपालमा समेत यो फिल्म १५० भन्दा बढी हलमा रिलिज हुँदैछ । […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। अमेरिकाले नेपालका साना तथा मझौला उद्योगहरुको विकासका लागि साढे १६अर्ब रुपैयाँ ऋण दिने भएको छ।गत वर्षको तुलनामा राजश्व संकलन ११ प्रतिशतले वृद्धि भएको छ। विश्व बैंकले इजरायल–हमास युद्ध नरोकिए कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल १५७ डलरसम्म पुग्नसक्ने बताएको छ।नेपालको जलविद्युतमा लगानी भित्र्याउन बेलायतमा लगानीसम्मेलन हुँदैछ। दसैँपछि रोकिएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा तिहारपछि पुनः सञ्चालन हुने भएको छ।

हाइब्रिड शिक्षामा राकुटेन भाइबरको सहयोग

विश्वभर निःशुल्क र सरल सञ्चारका लागि प्रयोग गरिने प्रमुख एपहरूमध्ये एक राकुटेन भाइबर नेपालका विद्यालयले आफ्नो भौतिक कक्षाहरू पुनः सञ्चालन गरेपछि पनि शिक्षण सिकाइमा सहायक बन्दै आएको छ ।नेपालको शिक्षा प्रणालीले नयाँ किसिमको सिकाइलाई अवलम्बन गरिरहेको अवस्थामा राकुटेन भाइबरले विद्यार्थी, अभिभावक र शिक्षकहरूबीचमा सहजीकरण गर्न निर्णायक भूमिका खेलिरहेको जनाएको छ ।भाइबरका प्रयोगकर्ता–मैत्री, सुरक्षा र गोपनीयताको […]

लाङ्टाङ पदमार्गमा पर्यटक आगमन बढ्दै

रसुवा । कोरोना भाइरस संक्रणको जोखिमका कारण सुनसान रहेको लाङ्टाङ तथा गोसाइँकुण्ड पदमार्गमा विदेशी पर्यटक आगमन बढ्न थालेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह््य पर्यटक आउन थालेका हुन् । पदयात्रीको आगमन शुरू भएसँगै हिमपातका कारण उच्च भागमा बन्द रहेको होटल तथा लज पुनः सञ्चालन हुन थालेको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताए । पदमार्गमा पर्यटक घुम्न आउन थालेपछि कोरोना भाइरस संक्रमणले थला परेको व्यवसायबाट पलायन हुन लागेका व्यवसायीलाई आशा जगाएको उनको भनाइ छ । एक–दुई दिन अगाडिदेखि दैनिक रूपमा १५–२० जना आन्तरिक र चार–पाँचजना बाह्य पर्यटक आइरहेको होटल व्यवसायीले बताएका छन् । अबका दिनमा पर्यटन क्षेत्र चलायमान हुने अपेक्षासहित यहाँका व्यवसायीले पदमार्गका होटल तथा लजमा थप सुदृढीकरणको गृहकार्य समेत अगाडि बढाइसकेको अध्यक्ष गजुरेलले जानकारी दिए । गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत रहेको जैविक विविधता, बुधवार परेको हिमपात एवं लौरीविनायक क्षेत्रबाट देखिने पश्चिम नेपालका अग्ला हिमश्रृंखलाले यात्रा मनमोहक बनाएको कपिलवस्तु वाणगंगा–८ का २४ वर्षीय हरि अर्यालले बताए । रसुवा ट्रेक एण्ड ट्राभल टुर ठमेल काठमाडौंमार्फत पर्यटककोे रूपमा गोसाइँकुण्ड आएका अमेरिकी नागरिक पाठरिक र बेलायतबाट आएका निकले हिमाली क्षेत्रको सुन्दरता हेर्न आफ्ना धेरै साथी आउन आतुर रहेको बताए । पहिलो चरणमा आफूहरूले भ्रमण सम्पन्न गरी दोस्रो चरणमा अन्य साथीभाइलाई रसुवाको भ्रमणमा पठाउने उनको भनाइ छ । चन्दनबारी, लौरीविनायक र गोसाइँकुण्डमा एक सातासम्म बस्ने उनीहरूको योजना छ ।      शिशिर ऋतुको फागुन, वसन्त ऋतुको चैत, वैशाख, गृष्म ऋतुको जेठ, शरद् ऋतुको असोज, कात्तिक र हेमन्त ऋतुको मङ्सिर महीना हिमाली पदयात्राका लागि अत्यन्त उपयुक्त समय भएको पर्यटन व्यवसायी गगनराज न्यौपानेले जानकारी दिए । धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड, जीव विशेषज्ञ स्व. डा. प्रह्लाद याञ्जेन रेडपाण्डा पदमार्ग अन्तर्गत लाङ्टाङ तथा क्याङ्जेन, तामाङ सम्पदा मार्गको गतलाङ, नागथली, थुमन र वृद्धिम क्षेत्र पर्यटकको मुख्य आकर्षण थलो भएको पर्यटन व्यवसायीले बताएका छन् । रासस

काठमाडौँ–बैङ्कक उडान पुनः सञ्चालन हुने

लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच विहीवार मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिनुभएको हो।

खोप लगाएका पर्यटकलाई नरोकौं

कोरोना महामारीले थलिएको अर्थतन्त्र बिस्तारै चलमलाउन थालेको छ । गत महीनामा भारतले २३ प्रतिशत आर्थिक वृद्धि दर प्राप्त गरेको छ । उपयुक्त रणनीति अपनाए नेपालमा पनि ठूलो आर्थिक वृद्धिदर प्राप्त गर्न सकिन्छ । सबैभन्दा बढी प्रभावित पर्यटन व्यवसायलाई पनि पुनर्जीवन दिन सकिने आधार देखा पर्दैछ । नेपालमा १५ प्रशितभन्दा बढीले खोप लगाइसकेका छन् । विभिन्न व्यवसायमा आबद्ध धेरैजसो व्यक्तिले खोप लगाइसकेकाले अब विगतमा जस्तो कोरोना संक्रमणसँग डराएर सबै गतिविधि ठप्प पार्नुपर्ने अवस्था छैन । त्यसैले पर्यटन व्यवसायलाई पनि निर्धक्कसँग सञ्चालन गर्न सकिन्छ । यद्यपि स्वास्थ्य सतर्कता र मापदण्ड पालना गर्न भने आवश्यक छ । सरकारले अहिले सबैजसो क्षेत्र खुला गरिसकेको छ । पर्यटकीय गतिविधिका लागि पनि अहिले बन्देज छैन । तर, अहिले आन्तरिक पर्यटनको याम होइन । दशैंतिहारपछि आन्तरिक पर्यटन चलायमान हुन्छ । तर, आन्तरिक पर्यटनले केही भरथेग गरेर पनि व्यवसायलाई अघि बढाउन र अर्थतन्त्रमा योगदान दिन भने बाह्य पर्यटककै भर पर्नुपर्छ । त्यसैले अब पर्यटकलाई स्वागत गर्ने रणनीति तयार गरी पर्यटन प्याकेज बनाउन ढिला गर्नु हुँदैन । तर, सरकारले केकस्तो निर्णय लिन्छ भन्ने अन्योल भएकाले व्यवसायीहरूले कुनै पनि प्याकेज ल्याउन सकिरहेका छैनन् । अहिले बाह्य पर्यटकहरूले नेपालमा पर्यटन कहिलेदेखि खुला हुन्छ भनेर सोधपुछ गर्न थालेका छन् । यसको अर्थ हामीले पर्यटन क्षेत्र खुला गर्‍यौं भने पर्यटक आगमनको सम्भावना राम्रै छ । हो, कोरोनाअघिको जस्तो ८/१० लाख पर्यटक नआउलान् तर केही लाख पर्यटक आए पनि अर्थतन्त्र र व्यवसायीलाई ठूलो सहयोग हुन्छ । विश्वका धेरै देशले अहिले कोरोनाविरुद्धको खोप लगाएका मानिसलाई मुलुकभित्र प्रवेश गर्न दिइरहेका छन् । पर्यटन गतिविधि पनि शुरू गरिसकेका छन् । उनीहरूले विशेष प्याकेज ल्याएका छन् । १ वर्षसम्मका लागि उनीहरूले ७० प्रतिशतसम्मको छूटमा प्याकेज बुक गर्न सक्ने बजार नीति ल्याएका छन् । तर, नेपालमा त्यस्तो तयारी खासै केही छैन । असोजमसान्तसम्म ४० प्रतिशतलाई खोप लगाइसक्ने सरकारी लक्ष्य छ । यस्तोमा कोरोना महामारी भनेर नाममात्रकै भए पनि निषेधाज्ञा लगाउनु गलत हो । निषेधाज्ञा नभनेर जोखिमयुक्त क्षेत्रमा कडाइ गर्नु बढी व्यावहारिक हुन्छ । खासगरी पर्यटन क्षेत्रका लागि यो आवश्यक छ । भित्र जतिसुकै खुला भए पनि सरकारले निषेधाज्ञा छ भने पछि पर्यटकहरू नेपाल आउने कुरै भएन । सरकारको यो नीतिले विश्व पर्यटन बजारमा नेपाल बढी जोखिमयुक्त क्षेत्र भन्ने सन्देश गएको छ । त्यसैले पर्यटनलाई जोगाउन निषेधाज्ञा पूर्ण रूपमा हटेको घोषण गरिनुपर्छ । यसो गर्दा जोखिमयुक्त क्षेत्र वा संक्रमण फैलन सक्ने क्षेत्रमा कडाइ गर्न कुनै पनि कुराले छेक्दैन । काम उही भए पनि निषेधाज्ञा छ भन्नु र छैन भन्नुमा पर्यटन बजारमा जाने सन्देश निकै फरक हुन्छ । अहिले पनि विदेशी पर्यटकलाई नेपालमा क्वारेन्टाइनको व्यवस्था छ । यो व्यवस्था अव्यावहारिक मात्रै होइन, वाहियात जस्तै भइसकेको छ । त्यसैले ४८ घण्टे पीसीआर रिपोर्टका आधारमा पर्यटकलाई नेपाल आउन खुला गर्दा केही पनि फरक पर्ने देखिँदैन । नेपाललाई रेड जोनमा राखेका देशले समेत पीसीआर रिपोर्टका आधारमा नेपालीलाई त्यहाँ छिर्न दिइरहेका छन् भने नेपालले त्यो भन्दा बढी कडाइ गर्न जरुरी छैन । अर्को सरकारले पर्यटन क्षेत्रका कार्यरत धेरैलाई खोप लगाइसकेकाले खोप कार्डका आधारमा पर्यटन व्यवसाय खुला गरेको भनी प्रचार गर्नु पनि आवश्यक छ । नेपाल पर्यटन बोर्डले कोभिडपछिको पर्यटन बजारलाई लक्षित गरी केही कार्यक्रम ल्याउने सोचका साथ काम गरेको सुनिन्छ । तर, व्यवसायीसँग खुला रूपमा केकस्तो रणनीति अपनाउने, कसरी पर्यटन ल्याउने र बजार प्रवद्र्धन गर्ने भन्नेमा व्यापक अन्तरक्रिया गरेको छैन । बोर्डले सरकार र व्यवसायीबीच सेतुको काम गर्नुपर्ने हो । सरकारले पनि बोर्डका सुझावहरूलाई गम्भीरताका साथ लिई यस व्यवसायलाई सञ्चालन गनए उपयुक्त नीति ल्याउनुपर्छ र सहजीकरण पनि गरिदिनुपर्छ । कोभिड महामारीले गर्दा विगत डेढ वर्षदेखि बन्दाबन्दीमा खुम्चिएको हाम्रो समाज र अर्थतन्त्र अब सुरक्षाका उपाय अपनाउँदै र अँगाल्दै चलायमान बनाउन खोजिनुपर्छ । सुरक्षाका मापदण्ड अपनाई पेशा उद्यम र व्यवसाय पुनः सञ्चालन हुनसक्ने वातावरण बनाउनु आवश्यक छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले भ्रमण वर्ष २०२०, मनाउन लागोले यस क्षेत्रमा ठूलो मात्रामा लगानी भएको थियो । तर, महामारीका कारण होटेल, रिजोर्ट, ट्राभल, ट्रेकिङ, र्‍याफ्टिङ, एअरलाइन्स, यातयात, हस्तकला तथा उपहार सामग्री, रेस्टुराँजस्ता पर्यटन क्षेत्रबाट प्रत्यक्ष रूपमा हुने ७५ अर्बभन्दा बढीको आय गुमिरहेको छ । यसबाट करीब १० लाख जनशक्तिको रोजगारी संकटमा परेको छ । २५ प्रतिशतभन्दा बढी पर्यटन व्यवसायीले व्यवसाय परिवर्तन गरेको अनुमान छ । अब पर्यटनलाई फैलाउन विशेष रणनीतिका साथ थप सक्रियता आवश्यक छसगरमाथा तथा अन्नपूर्ण क्षेत्रजस्ता नेपालका मुख्य पर्यटकीय गन्तव्य रहेका हिमाली जिल्लामा प्रायः सबै जनाले भ्याक्सिन लगाइसकेका छन् । यस्तोमा स्रोत बजारमा पर्यटन क्षेत्रसँग सम्बद्ध सबैले खोप लगाएको सन्देश प्रवाहित गर्नु आवश्यक छ । अर्को, पर्यटकीय क्षेत्रलाई कोरोनाबाट सुरक्षित राखिएको छ भन्न्ने सन्देश पनि प्रवाहित गर्नुपर्छ । यी क्षेत्रको नियमित अनुगमन भइरहेको र कोही संक्रमित भए त्यसलाई पैmलन नदिने विशेष रणनीति बनाई जनशक्ति परिचालन गरिएको सन्देश पनि जानुपर्छ । नेपाल आउने खर्चालु पर्यटकहरू पदयात्रा, पर्वतारोहणलगायतमा रुचि राख्छन् । भीडभाड कम हुने भएकाले यी क्षेत्र तुलनात्मक रूपमा कम जोखिमयुक्त मानिन्छन् । पर्यटकहरूमाझ यो क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिनु आवश्यक छ । नेपाल आएका कुनै पनि पर्यटक संक्रमित नभएको तथ्यलाई पनि प्रचार गरिनुपर्छ । यसले नेपालको पर्यटक क्षेत्र सुरक्षित भएको सन्देश जान्छ । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।

पूँजी बजार विकासको आगामी यात्रा

नेपालको पूँजीबजार विकासक्रममा वर्ष २०७७ अपेक्षित उपलब्धिका दृष्टिकोणले औसत रहन गएको छ । सूचक र कारोबारहरूले उच्चतम अंक बनाए पनि अन्तरराष्ट्रिय अभ्यासको हैसियतमा बजार विकासक्रमको प्रक्रियाले भने धेरै उपलब्धि प्राप्त गर्न बाँकी रहेको देखिन्छ । धितोपत्र विनिमयमा प्रविधिको प्रयोगले कारोबारहरू अनलाइनबाट सुचारु भए पनि कमजोर प्रणालीको कारण त्यो दोषमुक्त छैन । बजारमा संख्यात्मक रूपमा धेरै लगानीकर्ता भित्रिए पनि तिनीहरूको बजारमा सहज पँहुचका लागि अपेक्षाकृतरूपमा कामहरू भएको देखिँदैन । वर्ष २०७७ नेपालको पूँजी बजारको इतिहासमा सकारात्मक मात्र होइन, कोभिडका–१९ कारण देखाई ५० दिनसम्म निरन्तर बजार बन्द गराउनेजस्ता प्रतिगामी कार्यहरूले समेत रेकर्ड बनाएको थियो । बजार खुलेपछि पनि पूर्ववत् रूपमा पुनः सञ्चालन गर्ने कार्यमा कोभिड–१९ नै बाधक देखाइयो । कुल बजार पूँजीकरण कुल गार्हस्थ्य उत्पादनको हाराहारीमा पुगेको छ । तर, नेपालको अर्थतन्त्रको ऐनाका रूपमा पूँजी बजारका सूचकहरूले अर्थतन्त्रसँग सापेक्षिक सम्बन्ध रहेको पुष्टि गर्दैन । विश्व पूँजी बजारको तुलनामा नेपालको बजारमा भइरहेको प्रविधिको प्रयोग, बजारको संरचना र आकार, औजार एवं उपकरणहरूको प्रयोग, बजारमा समेटिएका क्षेत्रहरू र रणनीतिक सुधारलगायत कुरामा धेरै पछाडि देखिन्छ । प्रविधिको प्रयोगमा भारतको मुम्बई स्टक एक्सचेन्जले सन् २०१५ कारोबारको गति प्रतिसेकेन्ड ६० लाखको एकाइमा पुग्ने गरी विकास गरिसकेको छ, जुन विश्वभरमा दास्रो बजारमा प्रयोग गरिएको सर्वाधिक उच्चतम गतिको प्रणाली हो । विश्व पूँजी बजारको तुलनामा नेपालको बजारमा भइरहेको प्रविधिको प्रयोग, बजारको संरचना र आकार, औजार एवं उपकरणहरूको प्रयोगलगायत कुरामा धेरै पछाडि देखिन्छ । नेपालको सन्दर्भमा प्राथमिक निष्कासनदेखि दोस्रो बजारसम्मका प्रणालीहरू निश्चित संख्याभन्दा बढी लगानीकर्ताले एकैपटक लगइन गरेमा प्रक्रिया नै अवरुद्ध हुने प्रकृतिका छन् । विश्वभर अन्तरराष्ट्रिय मुद्राहरूको दर, बहुउपयोगी र बहुमूल्य वस्तुको मूल्य एवं विभिन्न प्रकारका कोषहरूलाई उपकरणका रूपमा रूपान्तरण गरी एकआपसमा विनिमय र धितोपत्रसरह कारोबार गर्ने कामहरूसमेत धितोपत्र बजारको कार्यक्षेत्रमा समेटिएको देखिन्छ । भारतको बजारमा इक्वीटीको कारोबारसँगै मुद्रा, बन्ड, एक्सचेन्ज अफर, म्युचुअल फन्ड, इन्डेक्स फन्ड र विनिमयको हस्तान्तरण कारोबारको उल्लेख्य हुने गरेको छ । यससँगै कारोबारहरू उच्च गतिमा हुने भएकाले लगानीकर्ताको पोर्टफोलियो र बजारको आकार बहुविशिष्टीकृत बनेको छ । नेपालको सन्दर्भमा बजारको संरचना र आकारलाई बहुगत विधामा लैजाने ध्येयले उल्लिखित प्रकारका डेरिभेटिभ्स सेग्मेन्टहरूको कारोबार हुने गरेको छैन । बजार पूँजीकरण र कुल गार्हस्थ्य उत्पादनको अनुपात समान र नेपालको वार्षिक बजेटको आकारमा करीब २ दशमलव ५ गुणा ठूलो भइसकेको छ । आज पनि पूँजी बजारमा दुई तिहाइभन्दा बढीको प्रभाव र दबाब बैंक तथा वित्तीय क्षेत्रको रहेको छ । मुलुकको अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनमा भने त्यो क्षेत्रको प्रभाव नगण्य छ । कुल गार्हस्थ्य उत्पादनमा योगदान गर्ने पूँजी बजारमा सूचीकृत अन्य सबै क्षेत्रकोे अंश पनि करीब ५ प्रतिशतमा सीमित हुने देखिन्छ । सापेक्ष अर्थतन्त्रको आधारका रूपमा पूँजी बजारले आफ्नो दिशानिर्दिष्ट गर्न नसकेका कारण अर्थतन्त्र र पूँजी बजारको सम्बन्ध सापेक्ष रहेको पुष्टि हुँदैन । वास्तविक क्षेत्र, उत्पादनमूलक कम्पनीहरू र सेवाक्षेत्रलाई यो प्लेटफर्ममा विभिन्न सहुलियत वा प्रोत्साहनका साथ ल्याउनुपर्ने आवश्यकता देखिन्छ । भारतको बजार पूँजी करणमा बैंक तथा वित्तीय क्षेत्रको योगदान २३ प्रतिशत रहेको देखिन्छ भने कुल गार्हस्थ्य उत्पादनमा बैंक, वित्तीय क्षेत्र, रियल इस्टेट र प्रोफेशनल क्षेत्रको संयुक्त योगदान २१ प्रतिशत हाराहारीमा रहेको पाइन्छ । नेपालको पूँजी बजारमा आज पनि सीमित समूहको उद्देश्य परिपूर्तिका विभिन्न प्रकारले प्रभाव पार्ने कामहरू भइरहेको पाइन्छ । त्यस्ता काममध्ये भित्री कारोबार एवं मूल्य कार्टेलिङलगायत बजारलाई परोक्ष रूपमा प्रभावित पार्ने प्रयासहरू निरन्तर भइरहेको छ । गलत उद्देश्यले कारोबार गर्नेहरू उपर कारबाही गरिपाऊँ भनी प्रहरी प्रशासनमा जाहेरी दिनुपर्ने बाध्यता सृजना हुनुमा धितोपत्र बोर्डको भूमिकामा प्रश्न गर्ने अवस्था हो । त्यसैगरी सधैंजस्तो विभिन्न सञ्चारमाध्यममा सूचीकृत कम्पनीका सीईओहरू समेत अन्तर्वार्तासहित आफू सम्बद्ध कम्पनीको मूल्यको प्रक्षेपण गरिरहेका हुन्छन् । धितोपत्र बजारमा परोक्ष प्रभाव पार्ने यस्ता कार्य कानूनी दायरामा ल्याउने काममा सम्बद्ध निकायको चासो पटक्कै देखिँदैन । यस्ता कार्यहरूले सर्वसाधारण लगानीकर्ताको सहज पहुँच र उचित मूल्यमा किनबेच गर्न सक्ने अवस्थाको सुनिश्चितता हुन सकेको छैन । विश्वभरको अभ्यासमा पछिल्लो समय साना लगानीकर्तालाई प्राथमिकता दिने गरी विभिन्न काम हुन थालेका छन् । यसअन्तर्गत कारोबारको प्लेटफर्मलाई समेत वर्गीकृत र विशिष्टीकृत गरी लगानीकर्ताको प्रत्यक्ष पँहुच स्थापित हुने कार्यहरू हुने गरेका छन् । यसले गर्दा नियामक निकायले स्वार्थगत रूपमा बजारलाई प्रभाव पार्ने कार्यहरूको नियमन गर्न सजिलो भइरहेको छ । भारतमा साना तथा मझौला कम्पनीहरूको कारोबार गर्ने प्रयोजनले एसएमई प्लेटफर्ममार्फत सन् २०१२ मा नै कारोबार शुरू भइसकेको छ । यस अभ्यासलाई नेपालले पनि अवलम्बन गर्न आवश्यक छ । विभिन्न मुलुकमा धितोपत्र विनिमय क्षेत्रको विकासका लागि दीर्घकालीन नीतिहरू बनाई विश्वबजारको प्रतिस्पर्धीका प्लेटफर्मका रूपमा स्थापित गर्ने रणनीतिअनुसार कार्ययोजनाहरू बनाई काम गरेको पाइन्छ । बंगलादेशले दशवर्षे गुरुयोजना (सन् २०१२ देखि २०२२ सम्म) नै बनाई पूँजी बजार क्षेत्र सुधारका लागि चरणबद्ध रूपमा सोहीअनुरूप कार्ययोजना तर्जुमा गरी कामहरू गरेको थियो । त्यो काम त्यहाँको पूँजी बजार विकासका लागि कोसेढुंगा सिद्ध भएको छ । आन्तरिक बजारको अन्तरराष्ट्रियकरणका क्रममा बंगलादेशले सन् २०१९ मा रणनीतिक साझेदारको रूपमा चिनियाँ कम्पनीहरू सेन्जेन स्टक एक्सचेन्ज र सांघाई स्टक एक्सचेन्जलाई भित्र्याएको थियो । अपेक्षित प्रतिफलको बारेमा केही विवाद उत्पन्न रणनीतिक साझेदारहरूमार्पmत बजारको अन्तरराष्ट्रियकरणमा क्रममा यो काम पनि औचित्यपूर्ण देखिएको थियो । समष्टिगत अर्थतन्त्र र आर्थिक सूचकहरूको अवस्थामा नेपाल बंगलादेशको केही समानता रहेका कारण त्यहाँको विकासक्रम हाम्रो सन्दर्भमा समेत अनुकरणिय हुने देखिन्छ । बजारको विकासक्रम र अन्तरराष्ट्रिय आबद्धताका लागि नेपालले खासै महत्त्व दिइएको पाइँदैन । भारतमा त बीएसईको संलग्नतामा अन्तरराष्ट्रिय स्तरको स्टक एक्सचेन्ज स्थापना भएको छ भने नेपालले त्यो अपेक्षा गर्नु स्वाभाविक छैन । तर, धितोपत्रको कारोबारमा अन्तरराष्ट्रिय मापदण्डहरू पूरा नगरेको र त्यसको निम्ति यथोचित पहलको अभावमा अन्तरराष्ट्रिय आबद्धताहरू पाउन सकेको छैन । बंगलादेशको ढाका स्टक एक्सचेन्जले सन् २०१२ मा नै वल्र्ड फेडेरेशन अफ एक्सचेन्जको सदस्यता पाएको थियो भने सन् २०१४ मा अन्तरराष्ट्रिय स्तरको कारोबार प्रणालीका लागि अमेरिकी बहुराष्ट्रिय वित्तीय सेवा निगमसँग सम्झौता गरेको थियो । त्यसैगरी सन् २०१६ मा उक्त स्टक एक्सचेन्जले अन्तरराष्ट्रिय गुणस्तर चिह्न आईएसओ प्रमाणपत्र पाएको थियो भने सन् २०१७ बाट वल्र्ड फेडेरेशन अफ एक्सचेन्जको पूर्णकालीन सदस्यता पाएको थियो । नेपालको पूँजी बजारमा वैदेशिक लगानीको विषयमा धेरै बहस भएका छन् । तर, त्यसको कार्यान्वयनको पक्षमा खासै प्रगति भएको देखिँदैन । वैदेशिक लगानीको सुरक्षण र जोखिम परिपूरणका लागि पनि धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई समेत परिमार्जन गर्नुपर्ने विषय सम्बोधन हुन सकेको छैन । पूँजी बजारसँगै अर्थतन्त्रको समुन्नति र विकासका लागि वैदेशिक पूँजीको समेत परिचालन हुनु आवश्यक छ । त्यसका लागि आवश्यक कानूनी व्यवस्था र संस्थागत संरचनाको सुधारमार्फत बजारलाई अन्तरराष्ट्रिय मापदण्डअनुसारको बनाउनु आवश्यक छ । भारतमा शेयर राफसाप, वस्तु बजार विनिमयको राफसाफ, डाटा सिस्टम व्यवस्थापन, शेयरको ब्रान्डिङ, अन्तरराष्ट्रिय सञ्जाल सहजीकरण, अन्तरराष्ट्रिय विनिमय, वैदेशिक लगानी व्यवस्थापन, जोखिम व्यवस्थापन र बजारको नियमनलगायत कार्यका लागि छुट्टाछुट्टै कानूनी र संस्थागत संरचनाहरू तयार गरिएका छन् । लेखक आर्थिक विकास केन्द्र (नारेक)नेपालका निर्देशक हुन् ।