राहदानी विभागको टोली पोर्चुगलमा, विद्युतीय राहदानीको दरखास्त सङ्कलन गर्ने

काठमाण्डौ – राहदानी विभागको टोली राहदानीको दरखास्त सङ्कलनका लागि पोर्चुगल पुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधवार राजधानी लिस्बन पुगेको राहदानी विभागले जनाएको छ । विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारी, महासचिव राजकुमार थापा, अवैतनिक नेपाली महावाणिज्यदूतावासका प्रतिनिधि छविलाल बगाले, नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष माया खरेललगायतले लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । यसैबीच ट...