तरकारी खेतीबाट एउटै गाउँले भित्र्यायो दुई करोड

पर्वत : जलजला गाउँपालिका–७ धाइरिङस्थित सल्यान फाँट यतिखेर विभिन्न थरिका तरकारी खेतीले भरिभराउ  छन्। बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको समथर फाँटमा  काउली, बन्दागोभी, काक्रो, गाँजर, बोडी, सिमी, गोलभेँडालगायतका तरकारी लटरम्म फलेका छन्। तरकारी खेतीका लागि धाइरिङ पर्वतमै नमूना गाउँ हो। तरकारी पकेट क्षेत्रका रूपमा परिचित यस गाउँका अधिकांश कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। तरकारी खेतीबाट यो गाउँमा बर्सेनी करिब डेढदेखि दुई करोड रुपैयाँभन्दा बढी गाउँमा भित्रिने