आईजीपीविरुद्ध मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको बेञ्जमा

काठमाडौं :  नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरूद्धको मुद्दाको सुनुवाइका लागि  कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको छ।आईजीपी नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको हो। सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।यसअघि जेठ १७ गते नै अन्तिम सुनुवाइको मिति तोकिएको भए पनि त्यसदिन सुनुवाइ हुन सकेन। अवकाश भइसकेका तीन डीआईज