वीरगञ्जको नारायणी सेन्ट्रल अस्पतालमा आमा सुरक्षा कार्यक्रम शुरू

वैशाख २८, वीरगञ्ज । औद्योगिक तथा व्यापरिक घराना क्याल समूहले सञ्चालमा ल्याएको वीरगञ्जको नारायणी सेन्ट्रल अस्पतालले यही जेठ १ गतेदेखि आमा सुरक्षा कार्यक्रम शुरू गर्ने भएको छ ।  सो अस्पतालले बुधबार पत्रकार सम्मेलन गरी गर्भवती महिलाहरूको स्वास्थ्य सुरक्षाको लागि आम सुरक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको हो ।   सरकारले सो अस्पताललाई आमा सुरक्षाको कार्यक्रम सञ्चालनको अनुमति दिएपछि कार्यक्रम सञ्चालन हुन लागेको अस्पतालका मेडिकल डाइरेक्टर प्राडा प्रमोदकुमार सर्राफले बताए । गर्भावस्थामा स्वास्थ्य परीक्षणको अभावमा आमा र शिशुको स्वास्थ्यमा हुन सक्ने जटिलता कम गर्दै सुरक्षित मातृत्व निश्चित गर्न यो कार्यक्रम सञ्चालन गरिएको प्राडा सर्राफले जानकारी दिए ।  यो कार्यक्रमअन्तर्गत गर्भवती महिलाले गर्भावस्थामा कम्तीमा ४ पटक आफ्नो स्वास्थ्य परीक्षण गराई सुरक्षित प्रसुति सेवा लिन सक्ने अस्पतालले बताएको छ । आमा र शिशुको स्वास्थ्यको उचित हेरचाह गर्दै सुरक्षित मातृत्व ग्यारेन्टी गर्न यो कार्यक्रमको निर्देशिकाअनुसारका सेवाहरू निःशुल्क हुने र यसबाट गर्भवती महिला, सुत्केरी र शिशुको स्वास्थ्यमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण भई आमा र बच्चाको असल स्वास्थ्यको ग्यारेन्टी हुने अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  बिस २०७४ कात्तिकदेखि सञ्चालमा आएको अस्पतालले वरिष्ठ विशेषज्ञहरूसहित दक्ष चिकित्सक, नर्सिङ्ग स्टाफ र पारामेडिक्सहरूले सेवा दिइरहको सर्राफले बताए । अस्पतालमा अत्याधुनिक प्रयोगशाला र मोडुलर अप्रेशन थिएटर रहेको अस्पतालले बताएको छ । आधुनिक प्रविधबाट शल्यक्रिया, वीरगञ्जमै पहिलो अत्याधुनिक प्रविधियुक्त इन्डोस्कोपी सेवा उपलब्ध भएको सर्राफले बताए । छारे रोगको उपचारको लागि ईईजी सेवा प्रदान गर्दै आएको पनि उनले बताए । अहिले कोरोनाविरुद्धको खोपका साथै नियमित खोप कार्यक्रममा पनि सञ्चालन भइरहेको अस्पतालले जनाएको छ । 

सम्बन्धित सामग्री

मुक्तिनाथ बैंकका ग्राहकले नारायणी सेन्ट्रल अस्पताल र देव कर्नर ज्वेलरीमा छुट

मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । बैंकले वीरगन्जको नारायणी सेन्ट्रल अस्पताल र काठमाडौंको देव कर्नर ज्वेलरीसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्डबाहकले नारायणी सेन्ट्रल अस्पतालको बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डाक्टर कन्सल्टेसन जस्ता सेवाहरुमा ५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको […]

मुक्तिनाथका ग्राहकहरुलाई नारायणी सेन्ट्रल अस्पताल र देव कर्नरमा विशेष छुट

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरु सँग सम्झौता गरेको छ । मुक्तिनाथ विकास बैंकले बीरगंजमा रहेको नारायणी सेन्ट्रल अस्पताल बीरगंज प्रा. लि. सँग र काठमाडौंमा विभिन्न शाखाहरु रहेको देव कर्नर ज्वेलरी सँग व्यवसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको हो । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरु जस्तै बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डक्टर कन्सलटेसन्स जस्ता प्रक्रियाहरुमा १५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, देव कर्नरमा पनि सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले विभिन्न सेवामा ३० % सम्म छुट को फाइदा लिनसक्ने बैंकले जनाएको छ।