चुरोट पिउने मानिससँग बस्ने तर आफू चाहिँ नपिउने मानिसलाई समेत मुखको क्यान्सरको जोखिम ५१ प्रतिशत बढी हुने एक अध्ययनले देखाएको छ ।
चुरोट पिउने गर्दा मुख, घाँटी र ओठको क्यान्सर हुने अनि फोक्सो, पेट र अन्य अंग पनि जोखिममा पर्ने धेरै पहिलेबाट थाहा भएको कुरा हो ।
तर किंग्स कलेज लन्डनको नयाँ अध्ययनले अर्काले फालेको धूवाँमा लामो समय बस्दा मुखको क्यान्सरको खतरा धेरै बढ्ने पत्ता लागेको छ ।
चुरोट, पाइप र सिगारको धूवाँ लिँदा पनि स्वास्थ्य जोखिम बढी हुने भएकाले स्वास्थ्य अधिकारीहरू चिन्तित छन् ।
वि...