ऐन कार्यान्वयनमा केन्द्रित हुन मन्त्रीको निर्देशन

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरीयतासम्बन्धी ऐन कार्यान्वयनमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको एक कार्यक्रममा उहाँले स्वास्थ्य कस्तो रहने भन्ने खाद्यवस्तुले निर्धारण गर्ने भएकाले खाद्यवस्तुको नियमनमा विशेष जोड दिन निर्देशन दिनुभयो । खाद्यसम्बन्धी निर्देशिका एवं ऐन कार्यान्वयमा आइसकेको छ, यसलाई कडाइका साथ कार्यान्वयनमा ल्यायो भने यसले खाद्य स्वच्छतामा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

सम्बन्धित सामग्री

किसानलाई यथाशीघ्र भुक्तानी गर्न मन्त्रीको निर्देशन

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुध किसानको रकम यथाशीघ्र भुक्तानी गर्न दुग्ध विकास संस्था (डिडिसी) लगायतका निजी डेरीलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आइतबार भएको दुग्ध व्यवसायीसहितको छलफलमा मन्त्री अधिकारीले सो निर्देशन दिनुभएको हो । किसानबाट उधारोमा दुध खरिद गरी डेरीहरूले नगदमा बेच्ने गरेको र सो रकम अन्यत्र लगाउने गरेको बताउँदै उहाँले त्यो प्रवृत्तिको अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभयो । आफूले पद सम्हालेदेखि दुध किसानका समस्या समाधान गर्नेतर्फ केन्द्रित भएको बताउँदै मन्त्री अधिकारीले डिडिसीमार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयास भइरहेको बताउनुभयो ।

वार्षिक बजेट कार्यान्वयनमा केन्द्रित हुन ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौँ । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । ऊर्जा विकास मन्त्रालय मातहतका खानेपानी सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशका १० जिल्ला कार्यालयका प्रमुखहरूको सहभागितामा सोमबार राजधानी सुर्खेतमा बजेट कार्यान्वयनको अवस्था र त्यसको प्रभावकारिताका विषयमा भएको […]

किसानका समस्याहरूमा केन्द्रित हुन मन्त्रीको निर्देशन

राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीहरूले शपथग्रहण गरेका छन् । आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गालसहित सदस्यहरूले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजीत एक कार्यक्रममा शपथग्रहण गरेका हुन् ।कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त अध्यक्ष डा.प्रेमप्रसाद दङ्गाललाई सपथग्रहण गराउनु भएको हो । त्यसैगरी अध्यक्ष दङ्गालले नवनियुक्त विज्ञ सदस्य पुष्पा भुसाल, सहकारी सदस्य टेकबहादुर बोगटी […]