खल्तीले फेरी ल्यायो १ रुपैयाँ मै उडान टिकट योजना, साथमा आईफोन १३ जित्ने मौका

खल्तीले  ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ। यस अफर अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्ये हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा फ्लाईट टिकट जित्न सक्ने खल्तीले जनाएको छ। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन १३ जित्ने मौका समेत रहेको छ।  पहिलो फ्लाईट बुकिङ्गमा प्रदान गर्दै आएको रु. २५० को क्यास्ब्याकमा वृद्धि गरि रु.५०० पुर्याईएको कम्पनीले जनाएको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड  FLYWITHKHALTI ’ प्रयोग गरि आफ्नो पहिलो फ्लाइट टिकट बुकिङ्गमा १०% क्यस्ब्याक (रू.५०० सम्म) पाउनेछन्। खल्तीका अनुसार यो अफर  श्रावण ५ ,२०७९ देखि भाद्र १५ ,२०७९ सम्म मान्य छ। केवाईसी भेरिफाइ भएका प्रयोगकर्ताहरूले यो अफरमा भाग लिन सक्नेछन्। यसका साथै तत्काल टिकट बुकिङ विकल्पसहितका विभिन्न एयरलाइन्सको मूल्य इन–एप नै तुलना गर्न सकिने र टिकट प्रिन्ट पनि गर्न नपर्ने जस्ता सुविधाले उडान बुकिङलाई अझ सजिलो बनाइएको खल्तीले जनाएको छ। अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने , “हामी हाम्रा ग्राहकलाई खल्ती मार्फत उडान बुकिङमा थप लाभका साथ सहज प्रयोगकर्ता अनुभवको आनन्द लिन चाहन्छौं।”खल्तीमा आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरि केही ट्याप मै आफ्नो फ्लाइट टिकट र अन्य बिलहरू जस्तै पानी, इन्टरनेट, बिजुली र उपलब्ध सरकारी राजस्वहरू बुक गर्न प्रत्यक्ष भुक्तानी गर्न सक्छन्। साथै, खल्तीको अर्को अफर अन्तर्गत ‘बैंक लिङ्क’ सुविधा प्रयोग गरी आफ्नो पहिलो बैंक लिंक मार्फत् प्रत्यक्ष भुक्तानी गर्नेहरू मध्ये १ भाग्यशाली विजेताले  स्मार्टफोन पनि जित्ने पनि मौका रहेको छ।  

सम्बन्धित सामग्री

खल्तीले फेरी ल्यायो एक रुपैयाँमा हवाई टिकट र आइफोन जित्ने मौका

काठमाडौं । खल्तीले हवाई टिकट बुकिङमा आफ्नो एकदमै सफल मानेको योजना ‘रुपैयाँ –१ को फ्लाइट टिकट’ अफर पुन : ल्याएको छ। यो योजना अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्ये हरेक हप्ता दुई भाग्यशाली बिजेताले एक रुपैयाँमा फ्लाईट टिकट जित्न सक्नेछन्। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन–१३ जित्ने मौका समेत रहेको छ […]

खल्तीले फेरि ल्यायो १ रुपैयाँमा उडान टिकट र आईफोन १३ जित्ने अफर

खल्तीले फ्लाइट बुकिङमा ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ्र । यस अफर अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्य हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा फ्लाइट टिकट जित्न सक्नेछन्। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन १३  जित्ने मौका समेत रहेको कम्पनीले जनाएको छ । यति मात्र नभइ खल्तीबाट पहिलो फ्लाइट बुकिङ्गमा प्रदान गर्दै आएको रु. २५० को क्यासब्याकमा वृद्धि गरि रु.५०० भएको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि आफ्नो पहिलो फ्ल