काठमाडौंमा सवारी कारबाहीबाट ३३ करोड राजस्व संकलन

काठमाडौं : काठमाडौं ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुबाट एक वर्षमा ३३ करोड भन्दा बढी राजस्व उठेको छ।गत आर्थिक वर्ष ०७८/७९ मा कारबाहीमा परेका ५ लाख ५ हजार ५९७ सवारी चालकबाट ३३ करोड १३ लाख ६८ हजार २१८ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।लेन अनुशासन पालना नगरेका, मादक पदार्थ सेवन गरेका, तीव्र गति र रातो बत्ती पालना नगरेका सवारी चालक कारबाहीमा पर्ने गरेका छन्। भाडा ठगी तथा अनियमितता गर्ने १० हजार २९५ जना कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ।एक वर्षको अव