निर्देशक भुटिया र सिक्किम फिल्म बोर्ड अध्यक्ष शर्मा कान्स फेस्टिभलमा जाने

काठमाडौं । नेपाली फिल्म निर्देशक साम्तेन भुटिया र सिक्किम फिल्म प्रवर्द्धन बोर्डकी अध्यक्ष पूजा शर्माले यस वर्षको कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउने भएका छन् । भारतको केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयले दुवै फिल्मकर्मीलाई सिक्किम राज्यको प्रतिनिधित्व गर्दै विश्व प्रतिष्ठित महोत्सवमा पठाउन लागेको हो । कान्सको इण्डियन पेभेलियनअन्तर्गत रहेर उनीहरुले रेडकार्पेटमा चोली, फरियाजस्ता नेपाली परम्परागत वेशभूषा […]