रोल्पामा पहिरोले पुरेर एक बालकको मृत्यु , वृद्धा बेपत्ता

 रोल्पामा गत राति पहिरोले घर बगाउँदा एक बालक मृत फेला परेका छन् भने एक  वृद्धा बेपत्ता भएकी छन् । रोल्पाका प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार रोल्पा नगरपालिका –१० का पूर्णबहादुर थापाको घर पहिरोले बगाउँदा उनका ५ वर्षीय नाति मृत फेला परेका हुन भने उनकी ७० बर्षीया हजुरआमा बेपत्ता भएकी हुन् ।प्रहरी निरीक्षक राना भन्छन्–‘ घटनास्थलमा हामी हिँडेर जाँदै छौँ, मृतक बालक र बेपत्ता वृद्धाको नाम खुल्न सकेको छैन, हामी घटना स्थलमा पुगेर थप विवरण दिनेछौँ । ’

सम्बन्धित सामग्री

पिकअपले किच्दा बालकको मृत्यु

इलामको सूर्याेदय नगरपालिका–४, अन्तुमा पिकअपले किच्दा डेढवर्षे बालकको मृत्यु भएको छ।

नहरमा डुबेर बालकको मृत्यु

सर्लाहीको बागमती नगरपालिका ८ सोल्टीमा नहरको पानीले बगाएर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।...

पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो । पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४...

झाडापखालाबाट तुल्सीपुरमा एक बालकको मृत्यु, चार बिरामी

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।