काठमाडौँ। नेपाल प्रहरीले नागढुंगाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुंगाको टोलीले वीरगन्जबाट काठमाडौँ आउँदै गरेको मप्र ०१-००१ ख ७७२१ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा दुई दशमलव पाँच किलो चाँदीसहित वीरगन्ज १६ का २५ वर्षीय किसन साहलाई आज (मंगलबार) पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बसमा लुकाएर ल्याएको […]
काठमाडौं ।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राजीनामा दिएपछि महानगर भित्र फोहोर थुप्रिएको भन्ने सामाजिक सञ्जालको प्रचार सत्य नभएको देखिएको छ । बालेन बाहिरिएसंगै फोहोर उठ्न छाडेको भनेर गलत र भ्रामक सूचना फैलाइएको काठमाडौं महानगरपालिकाले स्पष्ट पारेको छ । काठमाडौं महानगरपालिकाको प्रमुखबाट बालेन शाहले राजीनामा दिएपछि विभिन्न कोणबाट महानगरका गतिविधिहरु नियाल्न थालिएको छ । खासगरी बालेनले […]
काठमाडौँ- यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स तयार पारिदिने भन्दै घुस लिएको आरोपमा अख्तियारले २७ जनाको मोबाइल नियन्त्रणमा लिएको हो । यातायात कार्यालय, चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित १७ जना कर्मचारीको २४ वटा मोबाइल अख्तियारले नियन्त्रणमा लिएको बताएको छ । त्यस्तै, उपत्यका ट्राफिक […]
काठमाडौं ।यही माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि राजनीतिक दल तथा स्वतन्त्र उम्मेवारहरु मतदाताको घरदैलोमा पुग्न सुरु गरेका छन् । देशव्यापी रुपमा चुनावी सरगर्मी बढिरहेको बेला निर्वाचन आयोगले पनि आफ्नो चुनावी तयारीलाई थप तीव्र बनाएको छ । मतपत्र छपाईदेखि आचारसंहिता निगरानी तथा अन्य ब्यवस्थाको काम अघि बढाईरहेको बताउने आयोगको अरु तयारी कस्तो छ त ? […]