ए डिभिजन लिगमा पुलिस र सातदाेबाटाेले गाेलरहित बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र सातदाेबाटाे युथ क्लबले गाेलरहित बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज आइतवार भएकाे खेलमा दुवै टाेलीले राम्राे अवसर सिर्जना गरे पनि गाेल गर्न सकेनन् । बराबरीसँगै पुलिस ५ अङ्कसहित तालिकाकाे पुछारमा रहेकाे छ । सातदोबाटो १७ अङ्कसहित शीर्ष स्थानमा छ ।  यस्तै आजै ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा सङ्कटाले एपीएफलाई १–० गाेल अन्तरले हरायाे ।

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिग : सङ्कटा र सातदोबाटो क्लब विजयी, जावलाखेल र एपीएफले बराबरी खेले

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको खेलमा एपीएफ र  जावलाखेलले गोबलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । जावलाखेल ७ अङ्कसहित तेस्रो स्थानमा छ भने एपीएफले ४ अङ्क जोडेको छ । आज भएको अर्को खेलमा सङ्कटा क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । च्यासल मैदानमा भएको खेलमा सङ्कटाले पुलिसलाई ३–० गोलले हरायो । सङ्कटाको जितमा गणेश हमाल, रोशन ठकुरी र सुरज ज्यू ठकुरीले एक/एक गोल गरे । पुलिस क्लबको ...

पुलिस र एपीएफले बराबरी खेले

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुंगिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक […]

ए डिभिजन लिगमा पुलिस र थ्री स्टारले १–१ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज बुधवार भएकाे खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबले बराबरी खेलेका छन् ।  त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पुलिस र थ्री स्टारले एक–एक गोलको बराबरी खेलेका हुन् । खेलकाे २१ औँ मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्री स्टारलाई एक–शून्यको अग्रता दिलाए ।  पहिलाे हाफसम्म थ्री स्टार अग्रता लिन सफल भयाे । दाेस्राे हाफकाे खेल सुरु भएकाे ५३ मिनेटमै सुमन सुवेदीले गाेल गर्दै पुलिसलाई बराबरीमा ल्याउन सफल भए ।    ...

ए डिभिजन लिगमा पुलिस र ब्रिगेडले १–१ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज साेमवार भएको खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइजले बराबरी खेलेका छन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा पुलिस र ब्रिगेडले एक/एक गोलको बराबरी खेलेका हुन् । खेलको दोस्रो मिनेटमा नै रोशन राना मगरले गोल गरी ब्रिगेडलाई अग्रता दिलाएका थिए । तर ब्रिगेडले अग्रता जोगाउन सकेन । खेलको चौथो मिनेटमा नै पुलिसका बुद्ध तामाङले बराबरी गोल फर्काए । यो बराबरीसँगै पुलिसले आठ खेलमा ७ अङ्क जोडेको छ । पुलिस तालिकाकाे ११ औँ स्थानमा रहेक...

ए डिभिजन लिग : आर्मी र पुलिसले १–१ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले एक–एक गोलको बराबरी खेलेका छन् ।  दशरथ रङ्गशालामा आज साेमवार भएको पहिलाे खेलमा नेपाल प्रहरीका सन्तोष हेमरामले खेलकाे ५१ औँ मिनेटमा गोल गरेर टाेलीलाई अग्रता दिलाएका थिए । तर आर्मीका विवेक बस्नेतले ६१ औँ मिनेटमा गोल फर्काएपछि खेल एक–एक गाेलकाे बराबरीमा सकियो ।  बराबरीपछि अङ्क तालिकामा दुवै टाेलीकाे समान एक–एक अङ्क भएकाे छ ।  यस्तै दोस्रो खेलमा बेलुका पौने ५ बजे मच्छिन्द्र एफसी ...