बैतडी – बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा प्रयोग गर्नबाट वञ्चित हुँदै आएका हुन् । प्रत्येक बिहीवार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एअरले २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन । यात्रु अभावका कारण उडान भर्न नसकिने समिट एअरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यात्रु अभावकै कारण यहाँको हवाई से...