यसपालि असार पहिलो हप्ता मात्रै मनसुन भित्रिने सम्भावना, अझै केही दिन गर्मी बढ्ने

काठमाण्डाै - यसपालि मनसुन भित्रिन ढिलाइ हुने भएको छ । भारतमै मनसुन आउन ढिलाइ भइरहेकाले नेपालमा पनि ढिलो हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार भारतमा मनसुन भित्रिएको दुई/तीन दिनपछि बल्ल नेपालमा मनसुन आउँछ । सामान्यतया भारतमा जुन १ तारिखमा मनसुन भित्रने गरेको थियो । तर, यसपालि जुन ४ तारिख हुँदा सम्म मनसुन भित्रिएको छैन । आज जुन ४ तारिख हो । यसले गर्दा नेपालमा पनि ढिलाइ हुने सम्भावना देखिएको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार यसपालि मनसुन भित्रिँदा असार लाग्ने...

सम्बन्धित सामग्री

पानी परेपछि तराई/मधेसमा केही राहत : धमाधम रोपाइँ हुँदै

काठमाण्डाै - पानी परेपछि तराई/मधेसमा केही राहत भएको छ । मनसुन ब्रेक भएको हप्ता दशदिनपछि हिजोदेखि पानी पर्न थालेको छ । पानी परेपछि तापक्रम केही घटेको छ भने किसानले धान रोपाइँको काम थालेका छन् । पानी नपर्दा रोपाइँ हुनसकेको थिएन । त्यस्तै यसअघि रोपेको धान रोपोमै पहेँलिँदै जाँदा किसान चिन्तामा परेका थिए । अब केही दिन पानीले साथ दिए रोपाइँको काम सकिने महोत्तरी बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महताेले बताउनुभयो । देशभर अहिलेसम्म ६५ प्रतिशत धान रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म झन्डै&nbs...

प्राकृतिक विपत्ति र हाम्रो नियति

यस वर्षको मनसुन सामान्यभन्दा दस दिन ढिलो सुरु भयो । आर्थिक विकासको खाका वर्षभरिको बजेट प्रस्तुत भएको पाँच हप्ता अर्थात् असार २६ गतेपछि १० दिनको समयमा मनसुनकै कारण ठूलो प्रकोप मुलुकले सामना ग¥यो । बाढी पहिरोबाट रु. १ अर्ब २ करोड ७२ लाख ४५ हजार ५ सयको क्षति पुगेको सरकारी आँकडा छ । ३४ जिल्लामा १० दिनमा ९० जनाको मृत्यु भयो । राजधानी काठामाडौंमै ३ जनाको मृत्यु, ललितपुरमा ६ जनाको अवसान, मुलुकभरिको जनजीवन कष्टकर भयो । २९ जना बेपत्ता भए भने ४१ जना घाइते भए । ३१ जिल्लाका १३ हजार १ सय घरधुरी विस्थापित बन्न पुगे । समग्र कृषिक्षेत्र तहसनहस नै भयो ।