क्यानडाका प्रधानमन्त्री ट्रुडो र पत्नी सोफीबीच सम्बन्ध विच्छेद

काठमाडौं : क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडो र उनकी पत्नी सोफी कानुनी रुपमा छुट्टिएका छन्।ट्रुडो दम्पतीले बुधबार अर्थपूर्ण र कठिन संवादपछि १८ वर्ष लामो वैवाहिक जीवन यात्रा तोड्दै आफूहरु छुट्टिन लागेको घोषणा गरेका हुन्। दुवैले छुट्टिए पनि आफूहरु गहन प्रेम र सम्मानसहितको निकटतम परिवारका रुपमा रहने बताएका छन्।ट्रुडोको कार्यालयले एक विज्ञप्ति जारी गर्दै छुट्टिने सम्झौता पत्रमा हस्ताक्षर गरेपनि दुवै जना सार्वजनिक समारोहमा सँगै देखा पर्ने जनाएको छ।विज्ञप्तिमा आगामी साता एउटा परिवारकै रुपमा उनीहरु