च्याम्पियन चर्च ब्वाइज युनाईटेडको ‘बी’ डिभिजन लिगमा सुखद अन्त्य

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले हराएको हो । यस जितसँगै च्याम्पियन चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ । चर्च ब्वाइजले एक खेल अगाबै लिगको उपाधि जितेको थियो। […]