जनकपुरधाम उपमहानगरपालिकमा मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका मनोज कुमार साहले ५ हजार ६१ मत ल्याउँदै अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह १ हजार ८३० मतले पछि रहेका छन् । उनले ३ हजार २३१ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट उम्मेदवार रहेका किशोरी साहले ४ हजार ५९३ त ल्याएका छन् भने नेकपा एमालेकी रुना झाले ३ हजार २७० मत ल्याएकी छन् । अहिले २२ र २३ को मतगणना भैइरहेको छ ।