‘शहरमा बिरामी पठाउने कर्णालीले अब डाक्टर पठाउनेछ’

६ साउन, काठमाडौं । कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) स्थापना भएको १० वर्षपछि यो वर्ष एमबीबीएस पढाइ शुरू हुँदैछ । अब देशको सबैभन्दा दुर्गम क्षेत्र कर्णालीका बासिन्दाले आफ्नै ठाउँमा चिकित्सा शिक्षा पढ्न पाउनेछन् । अब कर्णालीका बासिन्दाले डाक्टर बन्न लाखौं खर्चेर देशका ठूला शहरका मेडिकल कलेजमा जानुपर्ने छैन । पढाइ सकिएपछि कर्णालीकै […]

सम्बन्धित सामग्री

डाक्टर सडकमा, बिरामी बिचल्लीमा !

काठमाण्डाै - डाक्टरहरुको आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी थप मर्कामा परेका छन् । अस्पतालमा आकस्मिक उपचार सेवा समेत पाउन नसकेको बिरामी र आफन्तको गुनासो छ । काठमाण्डौका  ठूला अस्पताल त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटनलगायत देशभरीका धेरैजसो सरकारी अस्पतालमा सेवा प्रभावित छ । डाक्टर र अरु स्वास्थ्यकर्मीले आकस्मिकबाहेकको स्वास्थ्य सेवा बन्द गरेको भने पनि आकस्मिक सेवा समेत प्रभावित भएको छ । स्वास्थ्यकर्मी धर्ना तथा जुलुसमा सहभागी भएका कारण बिरामीले उपचार पाउन सकेका छैनन् । आन्दोलनकै कारण अस्पतालक...

सबै ‘खानु परेको’ डाक्टर [कविता]

‘मृत्यु’ लाई मारेर बिरामी बचाएन भनी पढ्दा पछिल्लो ‘लहर’ मा बस्ने डुकुलठ्ठकले अस्पतालका कुना-कुनामा तानीतानी मुक्का र झापड खानु परेको डाक्टर।

डाक्टर-नर्स कुटेर बिरामी जिउँदो हुन्छ त?

के बिरामीकाे मृत्युपश्चात् डाक्टर-नर्स कुटेर बिरामी जिउँदो हुन्छ त? के उपाचारकाे उद्देश्य बिरामीकाे ज्यान लिनु हुन्छ र? तपाईं जुनसुकै कुनामा जानुहोस् बिरामीकाे ज्यानकाे ग्यारेन्टी कुनै पनि अस्पताल र त्यहाँका कर्मचारीले लिन सक्दैनन्। स्वास्थ्यकर्मीले काेसिस गर्ने हाे

अस्तव्यस्त अस्पताल : बिरामीको बेहाल, डाक्टर नर्सलाई भ्याइनभ्याइ

कसैको हातमा स्लाइनको पाइप झुन्डिएकाे छ । कसैलाई अक्सिजन दिएर राखिएको छ । कोही बिरामी पीडाले छटपटाइरहेका छन् । तर बिरामीकोमा डाक्टरहरू भने पुग्न भ्याइरहेका छैनन् । कोही डाक्टर बिरामीको एक्सरे नियाल्दैछन् । कोही बिरामीको रिर्पोट हेर्दैछन् । कुनै शय्या खाली छैन । नयाँ आउने बिरामी शय्या नपाएर भुइँमै लडिरहेका छन् । बिरामीका आफन्तहरूको पनि त्यत्तिकै घुइँचो छ । डाक्टरहरूको भ्याइ नभ्याइ र हस्याङफस्याङ पनि उत्तिकै छ । यो दृष्य हो पाटन अस्पतालको आकस्मिक कक्षको ।ललितपुर गोदावरीकी ४० वर्षीया मञ्जु नगरकोटी एक्कासी पेट दुखेपछि पा...

बिरामी खोज्दै घरदैलोमा डाक्टर

काठमाडौं । सुनसरी इनरुवाको हकमामा जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रुपमा अघि बढाएको छ । गाउँघरमै पुगेर डाक्टरको टोलीले बिरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा उपलब्ध गराउने अभियान सुरू गरेको हो । मेसु डाक्टर देवराज घिमिरेले थालेको गाउँघरमा डाक्टर अभियानलाई अस्पतालका अन्य डाक्टरले समेत साथ दिएका छन् । जसले जिल्लाका विकट […]

मौसम परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी बढे

काठमाण्डौ – मौसम परिवर्तनसँगै बिरामी बढ्न थालेका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार अहिले धेरैजसो रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । मौसम परिवर्तनसँगै वातावरण प्रदुषण लगायतका कारण बिरामी पर्नेको संख्या बढिरहेको हो । मौसम परिवर्तनको समयमा शरीरको रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम हुने भएकाले बिरामी पर्ने सम्भावना धेरै हुने डाक्टर पुनले बताउनुभयो । मौसम परिवर्तन हुँदै गर्दा शरीर कमजोर हुने, खाना खान मन नलाग्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्छन् ।  सा...

जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

रसुवा : जंगली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्।जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा. निरज फोजुका अनुसार जंगली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि बुधबार अपराह्न त्रिशुली अस्पताल लगिएको छ । उपचारका लागि अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको डाक्टर फोजुले बताए।

विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा

यातायात रोग, भोक, गरिबी र बेरोजगारीको चपेटामा परेको हिमाली जिल्ला मुगुमा रहेको एकमात्र जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा परेका छन् ।१५ शैया रहेको जिल्ला अस्पताल ठिनीमा तीनजना विशेषज्ञ डाक्टर र चारजना मेडिकल अधिकृतको दरबन्दी भए पनि चार महिना पहिलेदेखि विशेषज्ञ डाक्टर नहुँदा करारमा रहेका चारजना मेडिकल अधिकृतको भरमा जिल्ला अस्पताल सञ्चालनमा आएको छ […]

कोशी अस्पतालमा नक्कली डाक्टर पक्राउ

विराटनगर : मदिरा सेवन गरी कोशी अस्पतालको गाइनो वार्डमा डाक्टर बनेर बिरामी परीक्षण गर्ने एक व्यक्ति पक्राउ परेका छन्।सोमबार राति १२ बजे विराटनगरस्थित कोशी अस्पतालको गाइनो वार्डमा बिरामीको स्वास्थ्य जाँच गर्ने विराटनगर महानगरपालिका–६ सरौचियाका ३८ वर्षीय अमृत बानियालाई प्रहरीले पक्राउ गरेको हो। बानियालाई ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरेर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।‘मदिरा सेवन गरेपछि डाक्टर बनेर अस्पता