गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको साढे आठ महिनाभन्दा धेरै भयो । विभिन्न वायु सेवा कम्पनीले यस अवधिमा अन्तर्राष्ट्रिय उडान गर्ने अपेक्षा धेरैले गरेका थिए । तर, परिणाम आशा गरेअनुरूप भएन । गत जेठ २ मा विमानस्थल उद्घाटन भएसँगै खाडी मुलुकका नेपाली श्रमिकलाई लक्ष्य गरी जजिरा एयरलाइन्सले कुवेत–भैरहवाबीच साताको तीन उडान सञ्चालन गरेको थियो ।