भारतीय एसएसबीले तुइन काटेको घटनाप्रति कांग्रेसको आपत्ति

काठमाडौं : नेपाली कांग्रेसले दार्चुलामा भारतीय एसएसबीका जवानले तुइन काटेका कारण नेपाली युवा महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा बेपत्ता भएका थिए।नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै नभएर अमानवीय र अत्यन्तै आपत्तिजनक रहेको कांग्रेसले जनाएको छ।प्रवक्ता विश्वप्