काठमाडौंमा बालेन शाहले मतान्तर बढाए, शाह १६ हजार ९ सय बढी मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाउनु भएको छ । काठमाडौं महानगरको प्रमुखमा अहिलेसम्म १ लाख ९ हजार ५ सय ३७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार शाहले १६ हजार ९ सय ३४ मतको अग्रता लिनुभएको छ । बालेन शाहले ३९ हजार ६ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह […]

सम्बन्धित सामग्री

बालेनको विजयमा राजेन्द्र महतोको टिप्पणीः जनताले परिवर्तन खोजे, दलले पूरा गरेनन्

‘काठमाडौंमा बालेन शाह के हो ? परिवर्तनको संकेत हो । जनताले खोजेको परिवर्तन, त्यो संकेत हो,’ उनले भने ।

काठमाडौंमा बालेन करिब दोब्बर मतले अघि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाह प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतले अघि बढेका छन् । करिब ६ हजार मत गणना सम्पन्न भएको छ । ५९८३ मत गणना सकिँदा शाहले २२३८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उमेदवार केशव स्थापितले १२१९ मत ल्याएका छन् भने कांग्रेस उमेदवार सिर्जना सिंहले १०८१ मत...

काठमाडौंमा बालेन शाह सातसय मतले अघि, दोस्रोमा केशव स्थापित करिब आधा मतले पछि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै छ । उनले अहिलेसम्म १५८७ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उमेदवार केशव स्थापितले पछ्याएका छन् । उनले अहिलेसम्म जम्मा ८८७ मत प्राप्त गरेका छन् भने तेस्रोमा कांग्रेसकी सिर्जना सिंह छन् । उनले अहिलेसम्म ८२२ मत प्राप्त गरेकी छन् ।

काठमाडौंमा बालेन शाह अघिअघि, केशव स्थापित पछिपछि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर बालेन शाहले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगले दिएको औपचारिक जानकारीअनुसार अहिलेसम्म ६८० मतगणना भएको छ । यद्यपी अनौपचारिकरुपमा १५ सय बढी मत गणना भएको बताइएको छ । आयोगले दिएको जानकारीअनुसार अहिलेसम्म ६८० मतमा बालेन शाहले २१६ मत प्राप्त गरेका छन् ।  नेकपा एमालेका उमेदवार केशव...