सभामुख, प्रचण्ड र नेपाललाई ओलीको जवाफी हमला, एमसीसी कार्यान्वयनमा जोड

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी परियोजना संसद्बाट अनुमोदन भएपछि मंगलबार दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गरी आफ्ना धारणाहरू सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकारले एमसीसी पास गर्न संसद्‍मा अगाडि बढाउन खोज्दा एमालेले जस लिन्छ भनेर अन्य दलहरूले रोकेर अहिले पास गरेको आरोप लगाए । साथै सभामुख, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नो पदको रक्षाका लागि एमसीसी परियोजना अगाडि बढाउन बाध्य भएको दाबी गरे । साथै एमसीसी पारित गर्ने प्रक्रियामा सभामुखले असंसदीय व्यवहार गरेको बत

सम्बन्धित सामग्री

बीआरआईको ऋणको बोझ नेपालले थाम्न सक्दैन : डा. नारायण खड्का

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा. नारायण खड्काले नेपाललाई कम विकसित राष्ट्रबाट विकसित राष्ट्र बनाउने अमेरिकी सत्प्रयास सकारात्मक भएको बताएका छन् । ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तेस्रो पटक नेपाल भ्रमणमा आउनुभयो । उहाँले एमसीसी कार्यान्वयनमा जोड दिँदै भएको छ । अमेरिकासँग हाम्रो केही समस्या छैन । नेपाल अमेरिकाको विश्वासिलो […]

यूएसएआईडीले जीटूजी सहायतालाई निरन्तरता दिने

काठमाडौं । अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावर स्वदेश फर्केकी छन् । उच्चस्तरीय भेटघाट सकेर बुधवार फिर्ता हुनुअघि उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेकी थिइन् । भेटमा उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को कार्यान्वयनमा जोड दिइन् । पावर र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेबीच पनि बुधवारै शिष्टाचार भेट भएको छ । उक्त अवसरमा मन्त्री पौडेलले गतवर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५औं वार्षिकी मनाइएको स्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर तुल्याउने प्रतिबद्धता व्यक्त गरे । नेपालले सन् १९५१ मा प्वाइन्ट फोर प्रोग्राममा हस्ताक्षर गरेपछि पहिलोपटक अमेरिकाबाट सहायता प्राप्त गरेको र त्यसयता दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको प्रमाण यूएसएआईडीमार्फत विस्तार भएको जीटूजी सहयोग भएको उनको भनाइ छ । अर्थमन्त्री पौडेलले विकसित देशहरूले अपनाएको कसिलो मौद्रिक नीतिले नेपालजस्ता कमविकसित देशको अर्थतन्त्र सुधारको गतिलाई सुस्त बनाएको र यसमाथि विश्वको साझा समस्याका रूपमा रहेको जलवायु परिवर्तनले अरू बोझ थपेको धारणा व्यक्त गरे । नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सीधै सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीतिको प्रशंसा गर्दै पौडेलले नेपालले सन् २०२२ मेमा यूएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी ५ वर्षमा कुल अमेरिकी डलर ६५९ मिलियन बराबरको अनुदान सहायता देशको बजेट प्रणालीमार्फत उपयोग गर्ने बताए । यूएसएआईडी प्रशासक पावरले नेपालमात्र जीटूजी सहायता प्राप्त गर्ने देश भएको जानकारी दिइन् । अर्थमन्त्री पौडेलले २०७२ सालमा नयाँ संविधान जारी भएसँगै मुलुक जनताको मौलिक हकको प्रत्याभूति गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना लिएर विकासको पथमा अघि बढिरहेको बताए । उनले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको जीवन पद्धतिसँग आबद्ध गर्न सफल भएको तथा भर्खरै तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको जानकारी गराए । सामन्थाले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै एमसीसी कार्यान्वयनमा जोड दिएकी छन् । उक्त अवसरमा सहायताका अतिरिक्त वैदेशिक निजीक्षेत्रको लगानी उपयोग गरी नेपाल जलस्रोत विकासमार्फत दक्षिण एशियामै क्लिन इनर्जीको स्रोत बन्न सक्ने सम्भावना सामन्थाले व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा द्विपक्षीय अन्य मुद्दामा पनि छलफल भएको थियो । त्यसअघि उनले मंगलवार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् । सामन्थाको भ्रमणमा नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन यूएसएआईडीले ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) सहयोग गर्ने घोषणा भएको छ । उक्त रकम स्रोतको उपलब्धतामा निर्भर हुने जिकीर गर्दै घोषित रकममध्येको ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको सामन्थाले बताइन् । त्यस्तै सार्वजनिक सेवा प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरणका लागि २ करोड डलरसम्म समावेश गरिएको उनले मंगलवार ललितपुरमा भएको एक कार्यक्रममा बताएकी थिइन् । सामुदायिक अवश्यकता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायको नेतृत्वमा उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थालाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्म छुट्ट्याइएको पनि उनले बताएकी थिइन् ।

उपप्रधानमन्त्री पौडेल र युएसएआईडी प्रमुख सामन्थाबीच भेटवार्ता

भेटका क्रममा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध बिस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएकी हुन्।...

एमसीसी परियोजना प्रभावकारीरूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड

नेपाल चेम्बर अफ कमर्सले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको परियोजना प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । प्रतिनिधिसभाबाट अनुमोदन भएपछि एमसीसी  मुख्यालयले पनि स्वीकार गरिसकेकाले अव कार्यान्वयन पाटो चुस्त बनाउनुपर्नेमा चेम्बरले जोड दिएको हो । प्रसारण लाइन निर्माणले मुलुकको विद्युत व्यापारलाई टेवा प्रदान गर्ने हुँदा एमसीसी आएसँगै उर्जा क्षेत्रमा लगानी बढ्ने आशा चेम्बरको छ । यस्तै, सडक पूर्वाधारको स्तरोन्नतिले व्यापारमा सहजीकरण ल्याउने भएकाले परियोजना कार्यान्वयनमा ल्याउन चेम्बर

मोहन वैद्यद्वारा सरकारले ल्याएको बजेटको विरोध

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सरकारले ल्याएको बजेटको विरोध गरेको छ । ‘बजेटमा देशको पर्यावरण तथा राष्ट्रिय अस्मिताका विरुद्ध खानीढुङ्गा, गिट्टी, बालुवा भारत तर्फ निकासी र विद्युतीय प्रसारण लाइनमा एमसीसी परियोजना कार्यान्वयनमा जोड दिएर क्रमशः भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादको थप दलाली गरिएको ...