बार्सिलोना र मेस्सीको करारका लागि औपचारिकता बाँकी

अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सी फेरि बार्सिलोनामै रहन तयार भएका छन्। जुन महिनाको अन्त्यमा करार सकिएसँगै बार्सिलोनाबाट  'फ्री एजेन्ट' बनेका मेस्सी पुन: बार्सिलोनामै रहने गरि करार गर्न तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। हालै अर्जेन्टिनालाई कोपा अमेरिका जिताउँदै करियरको पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेका मेस्सी बार्सिलोनामै रहन तयार भएका हुन्। कोपा अमेरिकामा च्याम्पियन बनेपछि हाल उनी…