२८ हजार ६२६ कित्ता संस्थापक शेयर विक्री गर्दै लुम्बिनी विकास बैंक

काठमाडौं, जेठ २० । लुम्बिनी विकास बैंकले २८ हजार ६२६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी निरेन्द्र मोहन भट्टराईको नाममा रहेको उक्त शेयर संस्थापक शेयरधनीले मात्र खरीद गर्न मिल्ने गरी विक्रीमा ल्याएको जनाएको छ। शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद […]

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंकको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापकतर्फको २ लाख ६३९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूमा पहिलो चरणमा यो शेयर विक्री खुला गरेको थियो । सो समयमा वितरण हुन नसकेपछि सर्वसाधारण लगानीकर्ताले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । कुल कित्ता शेयरमध्ये विल बहादुर गुरुङको नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दु कुमार थापाको नाममा रहेको ५३ हजार ८९१ कित्ता रहेको छ । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।

लुम्बिनी विकास बैंकको २ लाख कित्ताभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको २ लाख ६३९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थापक शेयरधनीहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

२८ हजार ६२६ कित्ता संस्थापक शेयर विक्री गर्दै लुम्बिनी विकास बैंक

जेठ २०, काठमाडौं । लुम्बिनी विकास बैंकले २८ हजार ६२६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी निरेन्द्र मोहन भट्टराईको नाममा रहेको उक्त शेयर संस्थापक शेयरधनीले मात्र खरीद गर्न मिल्ने गरी विक्रीमा ल्याएको जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।  उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र सो सम्बन्धि विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउन अनुरोध गरेको छ ।  तोकिएको समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

३० हजार कित्ता संस्थापक शेयर विक्री गर्दै लुम्बिनी विकास बैंक

फागुन ४, काठमाडौं । लुम्बिनी विकास बैंकले ३० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले बुधवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी चिनपाल रौनियारको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।  उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र सो सम्बन्धि विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउन अनुरोध गरेको छ ।  तोकिएको समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

लुम्बिनी विकास बैंकको ४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्रीमा

कात्तिक २५, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बिहीवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त ४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयरको मूल्य भने तोकिएको छैन । कम्पनीले गत असोज १८ गते सूचना प्रकाशित गरी कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरीद गर्न आह्वान गरेकोमा उक्त शेयर खरीद गर्न संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त शेयर विक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौंमा आवश्यक कागजात तथा अन्य विवरण खुलाई निवेदन पेश गर्न अनुरोध गरेको छ ।

४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्री गर्दै लुम्बिनी विकास बैंक

असोज १८, काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनीहरुको नाममा रहेको ४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापकले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र सो सम्बन्धि विवरण खुलाई कम्पनीको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन अनुरोध गरेको छ । उक्त समय अवधिमा संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, अन्य प्रचलित कानून र नेपाल राष्ट्र बैंकको जारी निर्देशनको अधिनमा रहि अन्य व्यक्ति, संस्थालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गराएको हो ।

लुम्बिनी विकास बैंकको २० हजार २४८ कित्ता संस्थापक शेयर विक्रीमा

साउन १७, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले २० हजार २४८ कित्ता संस्थापक शेयर आज (आइतवार)देखि  विक्री गर्ने भएको छ । बैंकले बैंकका संस्थापक शेयरधनीहरुबाट विक्रीको लागि परेको आवेदनका आधारमा उक्त शेयर विक्री गर्न लागेको हो ।  आइतवार सूचना सार्वजनिक गर्दै यी शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सो सम्बन्धी विवरण खुला बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी दिन भनेको छ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुबाट खरीदको लागि लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम उक्त शेयर विक्री प्रकृया अघि बढाइने जानकारी दिइएको छ ।