स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन नहुने

काठमाडौं : दलबदल गरेका कारण पार्टीको कारबाहीमा परेका जनप्रतिनिधिहरुको ठाउँमा उपनिर्वाचन हुने संभावना न्यून रहेको पाइएको छ।पछिल्लो समय पार्टीको कारबाहीमा परेर जनप्रतिनिधिको पद रिक्त हुने ठाउँमा निर्वाचनको सम्भावना न्यून देखिएको हो। करिब एक वर्षको अवधि बाँकी रहे पनि निर्वाचन आयोग भने रिक्त स्थानमा पदपुर्ति गर्ने पक्षमा नरहेको देखिन्छ।पछिल्लो पटक रिक्त रहेका स्थानमा उपनिर्वाचन गर्नै पर्ने बाध्यता नरहेको निर्वाचन आयोगले जनाएको छ। नेकपा माओवादी केन्द्रले दल त्याग गरेको भन्दै १४ जना स्थानीय तहका जनप्र