पुननिर्माण महाअभियान थालिएकै बस्तीको बिजोग

ललितपुरको ऐतिहासिक बस्ती बुङमतीस्थित ‘टोखा पिनी’ टोल प्रवेशद्वारको माथिपट्टि एउटा ठूलो ब्यानर टाँगिएको छ । ब्यानरमा ठूला अक्षरमा लेखिएको छ, ‘राष्ट्रिय पुनर्निर्माण महाअभियान शुभारम्भ ।’ दुई वर्षअघिको माघ २ गते भूकम्प दिवसको अवसर पारेर भूकम्पपछिको पुनर्निर्माण कार्य सुरु गर्दा टाँगिएको ब्यानर हो, यो । त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले यहींबाट पुनर्निर्माण महाअभियान थालनी गरेका थिए ।