प्रिमियर लिग : न्युकासल र लिड्सले बराबरी खेले

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेड र लिड्स युनाइटेडले बराबरी खेलेका छन् । लिड्सको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् । निर्धारित ९० मिनेटको समयसम्म न्युकासल २–१ ले अघि थियो तर इन्जुरी समयमा  लिड्सका जुनियर फ्रिपोले गोल गरेर खेल बराबरीमा ल्याए । न्युकासल ६६ अङ्कसहित तेस्रो स्थानमा र लिड्स ३१ अङ्कसहित रेलिगेशन क्षेत्रमा रहेको छ।