जुम्ला : जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटनाग्रस्त भएको छ। हिमा गाउँपालिका-१ आचार्य लिहीमा उक्त ट्रक दुर्घटना हुँदा चालकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए।उनका अनुसार बागमती प्रदेश ०३ ००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा मकवानपुरनिवासी चालक अविनाश लामाको मृत्यु भएको हो। सो दुर्घटनामा सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घाइतेको राति नै कर्णाली स्वास्थ्य