लुम्बिनी प्रदेश स्थापनाको चार वर्ष : जनतामा थपिएन उत्साह

लुम्बिनी प्रदेश सरकारले चार वर्ष पूरा गरेको उपलक्ष्यमा मंगलबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा प्रदेश भरी एक दिन विदा समेत दिइयो  । विगतमा बुटवलमा मनाइँदै आइएको स्थापना दिवस यसपाली भने प्रदेशको स्थायी राजधानी दाङ जिल्लामा विशेष कार्यक्रम गरी मनाइयो ।४ बर्षको अवधिमा लुम्बिनी प्रदेशमा ३ जना प्रदेश प्रमुख, २ जना मुख्यमन्त्री र २७ जनाले मन्त्री बन्ने अवसर पाए । पोखरेल सरकारले ‘समृद्ध प्रदेश, खुशी जनता’ को नारा ल्याएको थियो भने अहिलेको केसी सरकारले ‘समृद्ध लुम्बिन

सम्बन्धित सामग्री

कार्यसम्पादनमा लुम्बिनी प्रदेश सबैभन्दा कमजोर

लुम्बिनी प्रदेश सरकारले स्थापनाको ६ वर्ष पुग्दा पनि कर्मचारी अभाव झेलिरहेको छ । प्रदेशका आफ्नै कर्मचारी तयार गर्ने र अभाव पूर्ति गर्ने उद्देश्यले ४ वर्षअघि प्रदेश लोकसेवा आयोग गठन गरेको थियो । तर, संघीय ऐन नबन्दा प्रदेशले पनि प्रशासनतर्फका कर्मचारी नियुक्त गर्ने काम गर्न सकेको छैन । प्राविधिकतर्फ भने विज्ञापन गरेरै केही कर्मचारी सिफारिस गरेको छ ।

लुम्बिनी प्रदेश स्थापना दिवस : प्रदेशभर सार्वजनिक विदा

लुम्बिनी- स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज बिभिन्न कार्यक्रम गरी मनाउँदै छ । प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदासमेत दिएको छ भने प्रदेश सरकारले सदरमुकाम देउखुरीमा बिभिन्न कार्यक्रम गरी मनाउँदैछ । जसको उदघाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्दैछन् । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भ...

सांसद र मन्त्रीको तलब सुविधा थप्न उदार, सुशासनमा कमजोर

२१ माघ, बुटवल । लुम्बिनी प्रदेश सभा स्थापनाको पाँच वर्ष पूरा भएको छ । यो पाँच वर्षमा प्रदेश सभाले ७२ कानून बनाएको छ । संख्याका हिसाबले अन्य ६ प्रदेशभन्दा लुम्बिनीले सबैभन्दा धेरै कानून बनाएको प्रदेश सभाको दाबी छ । प्रदेश सभाको पाँच वर्षको मुख्य उपलब्धिका रुपमा मुख्य स्थायी राजधानी र नामाकरणलाई लिइएको छ । प्रदेश […]

लुम्बिनी प्रदेश सरकार : ५ वर्षमा एक खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले स्थापनाको ५ वर्षमा एक खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च गरेको छ । २०७४ फागुन ३ गते स्थापना भएको प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्मका तीन आर्थिक वर्षमा १ खर्ब ४७ अर्ब ६२ करोडको बजेट ल्याएको थियो । जसमध्ये पुुँजीगततर्फ ८५ अर्ब १० करोड र चालुतर्फ ६२ अर्ब […]

लुम्बिनी प्रदेश राजधानी गुरुयोजना तयार

सातवटै प्रदेशमध्ये भूगोलका विषयमा सकस परेको प्रदेश थियो लुम्बिनी । अन्य प्रदेशमा नामाङ्कनका विषयमा समेत सकस परे पनि लुम्बिनी प्रदेशमा भने भूगोलका विषयमा बढी सकस देखियो । प्रदेश सभा स्थापनाको दुई वर्ष आठ महिना दुई दिनपछि अर्थात् २०७७ असाज २० गते दाङ जिल्लाको राप्ती गाउँपालिका र गढवा गाउँपालिका वडानम्बर १, २ र ३ अर्घाखाँची जिल्लाको शीतगङ्गा गाउँपालिकालाई तोकेर प्रदेशको मुकाम पारित भयो ।

लुम्बिनीमा मनाइयो प्रदेश स्थापना दिवस, ५७ जना प्रदेश पदकबाट विभूषित

लुम्बिनी प्रदेश स्थापनाको ४ वर्ष पूरा भएको छ । प्रदेश स्थापनाको अवसरमा प्रदेश सरकारले मंगलवार मूल समारोह स्थायी राजधानी राप्ती उपत्यका देउखुरी स्थापना दिवस मनाएको हो । संघीय लोकतान्त्रिक संविधान २०७२ ले परिकल्पना गरेको ७ वटा प्रदेशहरूमध्ये लुम्बिनी प्रदेशमा २०७४ फागुन ३ गते सरकारको गठन भएको थियो । सरकार गठन भएको दिन स्थापना दिवसको मूल समारोह मनाउने गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण बृहत् उपस्थिति नगराएको प्रदेश सरकारले औपचारिक कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो । सोही अवसरमा बोल्दै मुख्यमन्त्री कूलप्रसाद क...

स्थापनाको चार वर्ष : खिचातानी र सत्ता स्वार्थको भुमरीमा लुम्बिनी प्रदेशसभा

मुलुकमा संघीयता कार्यान्वयनसँगै लुम्बिनी प्रदेश सभा स्थापनाको शुक्रवार ४ वर्ष पूरा भएको छ । २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । ज्येष्ठ सदस्यका हैसियतले नेपाली कांग्रेसका तत्कालीन संसदीय दलका नेता स्व. बलदेव शर्मा पोखरेलले सभाध्यक्षको भूमिका निभाएका थिए ।  संघीयताको पहिलो जग प्रदेशसभा स्थापनापछि बनेका सरकारले चार वर्षमा जनतालाई प्रत्यक्ष अनुभूति हुने काम गर्न सकेको देखिएन । सत्ता स्वार्थ, अन्यौल र संघमा जस्तै सत्ता फेरबदलको भूमरीमा प्रदेश सभा परिरह्यो । यो अवधिमा प्रदेश सभाले पेचिलो बनेको प्रदेशको स्था...

लुम्बिनी प्रदेशसभाका ४ वर्ष: विवाद र दल त्यागको भुमरीमै

लुम्बिनी प्रदेश स्थापनाको आज ४ वर्ष पुगेको छ । संघीयता कार्यान्वयनमा प्रदेशसभाको भूमिका न्यून रहेको विश्लेषण हुँदै गर्दा प्रदेश र स्थानीय तहका लागि आवश्यक ६७ कानुन तयार भएर कार्यान्वयनमा छन् । ३ विधेयक विचाराधीन अवस्थामा छन् । प्रदेश सभामा ७ वटा विषयगत समिति छन् । ७ मध्ये ४ समिति सभापतिविहीन छन् । राजनीतिक विवादले प्रदेशसभा साउनदेखि नै प्रभावकारी रूपमा चल्न सकेको छैन । साउनयता बसेका १२ वटै बैठक एमालेले अवरुद्ध गरेको छ । एमालेको विरोधकै बीच सत्तापक्षले बैठक सञ्चालन गर्दै आएको थियो ।

संघीयताको खारेजी असम्भव : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेश सभा स्थापना भएको छ वर्ष पुगेको छ। स्थापनाको छ वर्षमा लुम्बिनी प्रदेश सभाले महत्वपूर्ण उपलब्धिको रुपमा प्रदेशको नाम र राजधानी टुंगो लगाएको छ।