कोभिशिल्ड र कोभ्याक्सिन कोरोनाको भारतीय भेरियन्टविरुद्ध प्रभावकारी

अहिले भारतमा कोरोना भाइरसको भारतीय भेरियन्टको सङ्क्रमण व्यापक रूपमा बढिरहेको छ। नयाँ नयाँ भेरियन्ट र पुरानै भेरियन्ट विरुद्ध यसअघि विकसित खोपहरू लगाउने क्रम भने जारी छ। भारतमा उत्पादन भइरहेका कोरोनाविरुद्धका दुई वटा खोपहरू कोभिशिल्ड र कोभ्याक्सिन खोप अहिलेको भारतीय भेरियन्ट विरुद्ध पनि प्रभावकारी भएको पाइएको छ।

सम्बन्धित सामग्री

यी हुन् अमेरिका आउँदा मान्यताप्राप्त कोरोनाबिरुद्धका ९ भ्याक्सिन

अमेरिका आउँदा मान्यता पाउने कोरोनाबिरुद्धका भ्याक्सिनको संख्या ९ रहेको छ । विश्व स्वास्थ्य संगठनले भारत बायोटेकबाट उत्पादित कोरोनाबिरुद्धको भारतीय भ्याक्सिन कोभ्याक्सिन र नोभाभ्याक्सबाट लाइसेन्सप्राप्त भारतमा शेरम इन्स्टीच्युटबाट उत्पादित कोभोभ्याक्सलाई आपतकालिन प्रयोगका लागि स्वीकृति दिएपछि  अमेरिका आउँदा ९ प्रकारका भ्याक्सिन लगाएकाहरुलाई प्रवेश दिइन्छ । अमेरिका प्रवेशका लागि जोन्सन एण्ड जोन्सन, फाइजर, मोडेर्ना, आष्ट्राजेनेका, कोभिशिल्ड, भेरोसेल, साइनोभ्याकलाई […]

‘कोरोनाको भ्याक्सिन लगाउन नहिच्किचाउनुहोस्, कोभ्याक्सिन र कोभिशिल्ड सुरक्षित’

भारत सरकारले कोरोनाको भ्याक्सिन सुरक्षित भएको बताउँदै यसबारे कुनै शंका नपाल्न अनुरोध गरेको छ । नीति आयोगका सदस्य डाक्टर विके पालले कोरोना भ्याक्सिन सुरक्षित भएको कुरा आँकडाले नै स्पष्ट पार्ने बताएका छन् । बुधबार एक पत्रकार सम्मेलनमा उनले भने, ‘कोरोना महामारी समाप्त गर्नका लागि भ्याक्सिनको विषयमा कुनै पनि हिच्किचाहट हुनु हुँदैन किनभने भ्याक्सिन लगाउनु नै महामारी चाँडै नै समाप्त गर्ने एउटा बाटो हो ।’डाक्टर विके पालले भने, ‘म आफैंले भारत बायोटेकको कोभ्याक्सिन लगाएको छु ।