यमनको मानवीय अवस्था विकराल : राष्ट्रसंघ प्रतिनिधि

संयुक्त राष्ट्रसंघ मानवीय सहायता प्रमुखले यमनमा द्वन्द्वका कारण मानवीय सङ्कट भयावह बनेको बताएका छन्। राष्ट्रसंघ मानवीय सहायता प्रमुख मार्क लोककले शनिबार आफ्नो पाँच दिन लामो भ्रमणपछि यमनी द्वन्द्वले उक्त मुलुकमा पारेको प्रभावबारे बोल्दै भने, 'अरब मुलक यमनमा जतिसक्दो छिट्टै राजनैतिक प्रक्रियामार्फत द्वन्द्वको अन्त्य गर्नुपर्छ।'