प्रदेश १ मा यौन दुर्व्यवहारका घटनामा वृद्धि

विराटनगर (अस) । प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौन दुर्व्यवहारको घटना बढेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महीनाको स्थिति सूचकले बालबालिका तथा महिलामाथि यौनजन्य घटना बढेको देखाएको छ । मानव अधिकारको अवस्था सार्वजनिकीकरण अन्तरक्रियामा इन्सेकका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले महिलामाथि परिवारजनबाटै हत्या र बलात्कारपछि हत्याका घटना बढेको पाइएको बताए । यस्ता घटनाबाट यस वर्षको जनवरीदेखि जुनसम्मको अवधिमा ३६६ जना पीडित भएका छन् । इन्सेककोे अभिलेखका आधारमा अप्रिलदेखि जुनसम्मको अवधिमा बाल अधिकारका घटनामध्ये हत्या प्रयासमा एक बालक, एक बालिका, यौन दुव्र्यवहारका घटनामा दुई बालक, १९ बालिका, बालविवाहको घटनामा चार बालिका र बलात्कारको घटनामा ५० बालिका गरी ७६ जना पीडित भएका छन् । यसैगरी महिलामाथि घरेलु हिंसामा २४, बहुविवाहका घटनामा १३, बलात्कारका घटनामा २७, बलात्कार प्रयासका घटनामा १० र यौन दुव्र्यवहारका घटनामा तीनजना पीडित भएको प्रलेख अधिकृत अधिकारीले बताए । सो अवधिमा बालबालिकाविरुद्ध भएका हिंसाबाट बेचविखन तथा ओसारपसारमा दुई, बलात्कारका घटनामा ३४, यौन दुव्र्यवहारका १६, विद्यालयमा दिइने शारीरिक दण्ड सजायबाट र बालविवाहका घटनाबाट ५४ जना बालबालिका पीडित भएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी महिलाविरुद्ध भएका हिंसाका घटनामा ७९ जना महिला पीडित भएको, २८ ओटा बलात्कारका घटना भएको, १३ ओटा प्रयास भएको र एउटा यौन दुव्र्यवहार भएको पाइएको छ । प्रदेश १ का १४ ओटा जिल्लाका इन्सेक प्रतिनिधिहरूबाट संकलन गरिएका घटनाहरूको आधारमा जनवरीदेखि जुनसम्मको मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांकसहित स्थिति सूचक प्रकाशन गरिएको इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले बताए । अन्तरक्रिया कार्यक्रममा इन्सेकका अध्यक्ष डा. इन्दिरा श्रेष्ठले इन्सेकले हरेक वर्षको फागुन ७ गते प्रकाशन गर्दै आएको वर्ष पुस्तकमा समेट्ने घटनाहरूको अभिलेखीकरणमा थप सुझाव लिने उद्देश्यले अधिकारकर्मीबीच अन्तरक्रिया कार्यक्रम गरिएको जानकारी दिइन् ।

सम्बन्धित सामग्री

प्रदेश १ का प्रदेशसभा सदस्यहरूले लिए सपथ

प्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्। सोमबार प्रदेश १ को प्रदेशसभा भवनमा प्रदेश १ का नव निर्वाचित सांसदहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्।...

लुम्बिनीद्वारा प्रदेश–१ पराजित

काठमाडौं, १५ मंसिर । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ । आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो । प्रदेश–१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा […]

प्रदेश १ मा एमाले अगाडि

प्रदेश १ मा नेकपा एमाले पहिलो पार्टी हुने देखिएको छ। प्रदेश १ का २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये हालसम्म एमालेले दुई वटा निर्वाचन क्षेत्रमा जित निकालिसकेको र ११ स्थानमा अग्रता कायम गरिरहेको छ।...

प्रदेश १ को गन्तव्य

इटहरी । दसैंको अवसर पारेर प्रदेश १ का पर्यटकीय गन्तव्य घुम्ने योजना बनाउँदै हुनुहुन्छ ? प्रदेश १ मा समुद्री सतहको ६८ मिटरमा रहेको झापाको कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा ८८४८.४८ मिटर उचाइमा रहेकाले पनि यो प्रदेश घुम्न आकर्षित छ । नेपालमा ८ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल रहेका छन् । तीमध्ये प्रदेश १ मा पाँचवटा […] The post प्रदेश १ को गन्तव्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश १ ले सुधारिएको प्रदर्शन गर्ने

प्रदेश १ खेलाडी उत्पादन हुने प्रदेश हो । फुटबलमा धेरै राम्रा स्टार खेलाडी प्रदेश १ कै छन् । फुटबल मात्र नभएर अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश १ एक उर्वर भूमि नै मानिन्छ ।...

प्रदेश १ का खेलाडी सम्मानित

२० असार, विराटनगर । प्रदेशबाट अन्र्तराष्ट्रिय प्रतियोगिता सहभागी खेलाडीलाई प्रदेश १ सरकारले सम्मान गरेको छ । प्रदेश १ खेलकुद विकास बोर्डले विभिन्न मितिमा प्रदेश १ बाट ओलम्पिक, एशियाली खेलकुद र दक्षिण एशियाली खेलकुदमा सहभागिता जनाएका १८७ जना खेलाडीलाई सम्मान गरेको हो । विभिन्न समयमा प्रदेश १ बाट ओलम्पिक खेलमा सहभागी ९ जना, एशियन खेलकुदमा सहभागी […]

कृषिमा प्रदेश १ अगाडि

काठमाडौं, असार १३ । कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक आर्थिक […]

कृषिमा प्रदेश १ अगाडि

कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (प्रदेश १) प्रथम अर्धवार्षिक प्रतिवेदन (आव २०७८/७९)मा उल्लेख छ ।कृषि क्षेत्रमा मधेस प्रदेशको १९ प्रतिशत, लुम्बिनी १७ दशमलव ३, बागमतीको १७ दशमलव १ प्रतिशत, सुदूरपश्चिमको ९ दशमलव ८ प्रतिशत

प्रदेश १ मा पनि स्वास्थ्य मन्त्रालय बन्ने

प्रदेश १ मा पनि स्वास्थ्य मन्त्रालय बन्ने भएको छ। प्रदेश प्रदेश १ सरकारले मन्त्रालय विस्तार गर्दै स्वास्थ्य मन्त्रालय पनि बनाउने निर्णय गरेको हो।

प्रदेश–१ को मुख्यमन्त्रीमा भीम आचार्य

प्रदेश–१ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमाले सचिव भीम आचार्य प्रदेश–१ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।नेकपामा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा लागेका आचार्य पछिल्लो समय खेमा परिवर्तन गरेसँगै प्रदेश–१ को मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बिहीबार नै नेकपा एमाले प्रदेश–१ को संसदीय दलको बैठकले संसदीय दलको नेतामा आचार्यलाई चयन गरेको थियो । आचार्यलाई संसदीय […]