महिला लघुवित्तको साधारण सभा आज, ५०% लाभांश पारित हुँदै

मंसिर २२, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट प्रस्ताव गरेको ५० प्रतिशत लाभांश आज (बुधवार) पारित गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्र्षको मुनाफाबाट ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड रहेको छ । सोही पूँजीको आधारमा ५० प्रतिशत लाभांश यस वर्ष कम्पनीले वितरण गर्न लागेको हो । लाभांश प्रस्ताव सहित गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणलाई पनि सभाले टुङ्ग्याउनेछ । सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक निर्वाचन समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । २०७७ साल फागुन १४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्षनै आकर्षक लाभांश वितरण गर्न लागेको हो । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. २ करोड ८६ लाखभन्दा बढी खुद नाफा गरेको छ भने जगेडा कोषमा रू. २२ करोड ८९ लाखभन्दा बढी रकम संचित छ । त्यस अवधिसम्म प्रतिशेयर आम्दानी रू. ११४ दशमलव ७१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. ३२८ दशमलव ९४ छ ।

सम्बन्धित सामग्री

नबिल बैंकको ३८ औँ साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै आफ्नो वार्षिक साधारण सभा पारित गरेको हो । लाभांश पारित भएसँगै कम्पनीले गत आर्थिक वर्ष

लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधाण सभा

१३ साउन काठमाडौं । सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गर्न नागरिक लगानी कोषले २७औं वार्षिक साधारण सभा बोलाएको छ । ६ भदौमा कोषको केन्द्रीय कार्यालय सीआईटी भवन नयाँ बानेश्वरमा सधारण सभा हुने जनाएको छ । कम्पनीले साधारण सभामा सञ्चालक समितिले आब २०७७/७८ को मुनाफबाट सेयरधनीलाई प्रस्ताव गरेको ३० प्रतिशत बोनन सेयर र त्यसमा लाग्ने कर […]

नेपाल टेलिकमको साधारण सभा भोली हुँदै

काठमाडौं, २३ चैत । नेपाल टेलिकमले चैत २४ गते (बिहीबार)का लागि साधारण सभा बोलाएको छ । ४० प्रतिशत लाभांश पारित गर्न कम्पनीले चैत २४ गते बिहीबार साधारण सभा बोलाएको हो । सभा प्रयोजनका लागि यसले चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गरेको छ । टेलिकमले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद […]

नेपाल टेलिकमले बोलायो साधारण सभा, लगानीकर्ताले पाउने भए बोनस

काठमाडौं, २२ चैत । नेपाल टेलिकमले चैत २४ गते (बिहीबार)का लागि साधारण सभा बोलाएको छ । ४० प्रतिशत लाभांश पारित गर्न कम्पनीले चैत २४ गते बिहीबार साधारण सभा बोलाएको हो । सभा प्रयोजनका लागि यसले चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गरेको छ । टेलिकमले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद […]

२० प्रतिशत लाभांश पारित गर्दै महालक्ष्मी विकास बैंकको साधारण सभा सम्पन्न

काठमाडौं, १५ फागुन । महालक्ष्मी विकास बैंकले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले हाल कायम चुक्तापूँजीको २० प्रतिशतका दरले बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । सञ्चालक […]

महालक्ष्मी विकास बैंकको साधारण सभा शुक्रबार बस्ने, बोनस कति ?

काठमाडौं, १२ फागुन । महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा फागुन १३ (शुक्रबार) बस्ने भएको छ । सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । सभाले प्रस्तावित लाभांश पारित गरेपछि वितरण प्रक्रिया सुरु हुनेछ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, […]

प्रिमियर इन्सुरेन्सको साधारण सभा शुक्रबार, लाभांश पारित गर्ने

काठमाडौं, १९ माघ । प्रिमियर इन्सुरेन्स कम्पनीले शुक्रबार माघ २१ गते २८ औं वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । आर्थिक वर्ष २०७७–७८ को […]

६ प्रतिशत लाभांश पारित गर्दै सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न

काठमाडौं, २ माघ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एघारौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । उक्त सभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको भौतिक उपस्थिति एवं अनलाइन(जुम) मार्फत एकैसाथ सञ्चालन भएको बैंकले जनाएको छ । सभाले बैंकको चुक्ता पुँजीको ६ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरेको छ । गत आसार मसान्तमा कायम […]

सिभिल बैंकले बोलायो साधारण सभा

काठामाडौं, १० पुस । सिभिल बैंकले लाभांश पारित गर्न ११औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतको दरले हुन आउने ४३ करोड २१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर […]

२१ प्रतिशत लाभांश पारित गर्दै डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं, २४ असोज । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शनिबार २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा चितवनमा आज सम्पन्न भएको हो । सभाले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि […]