सहकारीबीच अनुभव आदान प्रदान

फरक भूगोलमा काम गरिरहेका दुई सहकारीबीच अनुभव आदानप्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीलाई आफ्नो कार्यक्षेत्र बनाएर विगत २१ वर्षदेखि काम गर्दै आएको किसान बहुउद्देश्यीय सहकारी संस्था र हिमाली जिल्ला मुगु कार्यक्षेत्र बनाएर विगत ५ वर्षदेखि काम गर्दै आएको छायाँनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्यहरूबीच छायाँनाथ साकोसको कार्यालयमा आइतबार अनुभव आदान–प्रदान गरिएको हो ।