राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी साउन ३ गते दिउँसो ४ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले बिहीवार संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिशमा उहाँले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । केपी शर्मा आली नेतृत्वको सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्नेगरी मिति समेत तोक्नुभएको थियो । तर प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले पुनःस्थापनाको पक्षमा फैसला गरी साउन ३ गतेभित्र बैठक बोलाउन परमादेश दिएको थियो । सर्वोच्चको परमादेशकै कारण केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ भएर असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भइसकेको छ । बिहीवार देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णयसहित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बिहीवार नै सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री देउवाले सिंहदरबारमा डाक्नुभएको थियो । सो बैठकमा देउवालाई कोभिड–१९ विरुद्धको खोप तत्काल नागरिकलाई उपलब्ध गराउन नेताहरूले सुझाव दिए । देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गठबन्धनको बैठकले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत र उद्धारको कार्यक्रम ल्याउन समेत सरकारलाई सुझाव दिएको छ । नयाँ सरकार गठनका लागि भएका घटनाक्रमको समीक्षा भएको र मन्त्रिपरिषद् विस्तार, विश्वासको मत र संसद्लाई बिजनेश दिने विषयमा सैद्धान्तिक छलफल भएको बताइएको छ । देउवा नेतृत्वको गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा छन् ।  

सम्बन्धित सामग्री

संसद् अधिवेशन २५ पुसदेखि

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद् भवनमा संघीय संसद्को अधिवेशन आह्वान गरिएको हो । मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक पहिलो पटक बस्न लागेको हो । प्रतिनिधिसभामा १२ […]

पुस २५ गतेका लागि संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेकी छिन्। सोमबार मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले पुस २५ गते १ बजेका लागि संसद् अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको...

२८ मंसिरमै संसद् अधिवेशन आह्वान

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम राष्ट्रपति कार्यालयले बिहीबार नै विज्ञप्ति जारी गरेर...

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौं (अस) । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले सिफारिश गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलवार दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । सरकारले यही भदौ २३ गतेदेखि अधिवेशन बोलाउन सिफारिस गरेपछि उनले अधिवेशन बोलाएकी हुन् ।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदनको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । अधिवेशनबारे बोलाउनेबारे शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ […]

राष्ट्रपतिले गरिन संसद् अधिवेशन आह्वान

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् । बैठक आगामी भदौ २३ गते बुधबार अपराह्न ४ बजे बस्ने आह्वान गरिएको छ । अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याइने […] The post राष्ट्रपतिले गरिन संसद् अधिवेशन आह्वान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् । बैठक आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ । शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनेबारे सभामुख अग्निप्रसाद सापकोटासँग छ

साउन ३ भित्र संसद् अधिवेशन आह्वान गर्न सर्वोच्च अदालतको परमादेश

सर्वोच्च अदालतले आजको मितिले सात दिनभित्र प्रारम्भ हुने गरी संसद् अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको छ । अदालतले  प्रतिनिधि सभा विघटन बदरको फैसला सुनाउँदै साउन ३ भित्र अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार प्रतिनिधि सभा पुन:स्थापना गर्ने फैसला सुनाएको हो ।

आइतबार संसद् अधिवेशन आह्वान, मंगलबार सातवटा अध्यादेश जारी

संसद्को बैठक बोलाइसकेको अवस्थामा सरकारले विभिन्न अध्यादेश ल्याएको छ । यसअघि ल्याएका अध्यादेश संसद्बाट अनुमोदन नभएपछि सरकारले फेरि तीनै अध्यादेश ल्याएको हो । आइतबार मात्रै राष्ट्रपतिले २७ वैशाखका लागि संसद् अधिवेशन आह्वान...

वैशाख २७ मा संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते प्रतिनिधिसभा बैठक आह्वान गरेकी छन् । आइतबार सरकारले संसद् अधिवेशन आह्वानको सिफारिस गरेलगत्तै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन् ।राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाअनुसार वैशाख २७ गते सोमबारका दिन दिउँसो १ बजे बैठक आह्वान गरिएको हो । सोही दिन प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने बताइएको छ ।