साउदीमा सेप्टेम्बर १५ सम्म चर्को घाममा काम नगर्न नेपाली दूतावासको आग्रह

साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली कामदारहरूलाई आज बुधबारदेखि नै मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म बाहिर घाममा काम नगर्न विज्ञप्तिमार्फत आग्रह गरेको छ ।