मझगाउँ विमानस्थल सञ्चालनका भीमदत्त नगरपालिकाद्वारा एक करोड रकम जम्मा

कञ्चनपुर : मझगाउँ विमानस्थल सञ्चालनका लागि भीमदत्त नगरपालिकाले एक करोड रुपैयाँ जम्मा गरेको छ। लामो समयदेखि बन्द रहेको विमानस्थल संचालनका लागि नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणसँग गरेको सम्झौताअनुसार रकम जम्मा गरेको हो।विमान स्थल सञ्चालन गर्न र स्तरोन्नतिका लागि संघीय, प्रदेश र स्थानिय सरकारबीच भएको त्रिपक्षीय साझेदारी बमोजिमको व्यहोर्नु पर्ने रकम रकममध्ये एक करोड रुपैयाँ आइतबार प्राधिरकणको बैंक खातामा जम्मा गरेको हो। बाँकी रकम असोज मसान्तसम्म उपलब्ध गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पु