आइतबारदेखि १० दिनका लागि राप्ती राजमार्ग दैनिक साढे आठ घण्टा बन्द

सडक स्तरवृद्धिका नाममा दाङ-सल्यानमा पर्ने राप्ती राजमार्ग आइतबारदेखि दैनिक साढे आठ घण्टाका लागि बन्द गरिएको छ । नियमित गाडी आवतजावतका कारण कपुरकोटदेखि चोरखोला र तुलसीपुर खण्डमा सडक स्तरवृद्धिको काममा कठिनाइ भएपछि छिटो सम्पन्न गर्न आइतबारदेखि १० दिनका लागि राप्ती राजमार्ग बन्द गरिएको हो ।