माओवादी बैठक: ‘एमसीसी अनुमोदन निर्णय बाध्यात्मक परिस्थितिको उपज’

माओवादी नेता कालीबहादुर मल्लले पार्टीमा देखिएको एमसीसीसम्बन्धी विवादलाई साँच्चिकै बाघ कि भ्रमको भनेर तुलना गरेका छन् । ‘एउटा गाउँमा बाघले मान्छे मार्न थालेपछि एक थरी मान्छेले भने– वनमा साँच्चिकै बाघ छ, त्यसलाई प्रतिवाद गर्नुपर्छ, त्यसको उपाय खोज्नुपर्छ, उनीहरू बाघको प्रतिवाद गरेर बचे,’ पार्टीभित्रको अन्तरसंघर्षप्रति व्यंग्य कस्दै उनले भने, ‘अर्को थरी मान्छेले भने– हामीले देखेको हुनाले बाघ आएको हो, बाघ होइन भनेर बसे । सही ढंगले उपाय ननिकाल्दा बाघले झन् मान्छे खान थाल्यो । यो एमसीसी विवाद पनि त्यही हो ।’