विश्वव्यापी आर्थिक मन्दीले माग प्रभावित हुँदा पाकिस्तानकाे चामल निर्यात दोेहोरो अंकले घट्यो

इस्लामावाद (पकिस्तान) । पाकिस्तानको चामल निर्यात घटेको छ । विश्वव्यापी आर्थिक सुस्तीबीच माग प्रभावित हुँदा पाकिस्तानको चामल निर्यात दोहोरो अंकले घटेको हो । चालु आर्थिक वर्षको पहिलो ७ महीनामा पाकिस्तानले जम्माजम्मी १ अर्ब ८ करोड डलरको मात्रै चालम निर्यात गरेको छ । यो मूल्य गत आवको सोही अवधिको भन्दा १५ दशमलव ८२ प्रतिशत कम हो । सिन्ध प्रान्तको धानखेत बाढीले बगाएकाले पनि चामल निर्यातमा कमी आएको हो । अघिल्लो आवको जुलाई जनवरी अवधिमा भने पाकिस्तानले धान मात्रै बेचेर १ अर्ब २८ करोड डलर कमाएको थियो । अफगानिस्तान र इरानसँगको वस्तु साटासाट व्यापारमा धानको व्यापार कम हुँदा पनि निर्यात घटेको बताइएको छ । चामल निर्यातकर्ता संगठनका अध्यक्ष चेला रामा केव्लानीका अनुसार तथ्यांक कार्यालयको तथ्यांकले इरान र अफगानिस्तानलाई निर्यात गरिएको बासमती चामल समावेश गरिएको छैन । तर सिन्धमा लङ ग्रेन चामल (गैरबासमती चामलको उत्पादन ४० प्रतिशतले घटेको छ । उत्पादनसँगै गैर बासमती चामलको निर्यात पनि घटेका पुष्टि गरेको उनी बताउँछन् । सरकारी तथ्यांकले बासमती चामलको निर्यात मूल्य र आयतन घटेको देखाएको चाहिँ उनी अस्वीकार गर्छन् । पाकिस्तानी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्षको २०२३ को पहिलो सात महीनामा बासमती चामलको निर्यात २२ दशमलव ९ प्रतिशतले घटेर ३ लाख १६ हजार ५५ टनमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा निर्यातको आकार ४ लाख १० हजार २०७ टन थियो । गैरबासमती चामलको निर्यात पनि सोही अवधिमा २४ दशमलव ९४ प्रतिशतले घटेर १६ लाख २० हजार टनमा आएको तथ्यांकले देखाएको छ । अघिल्लो आवको पहिलो ७ महीनामा २१ लख ७० हजार टन गैरबासमती चामल निर्यात भएको थियो । निर्यातमा उल्लेख्य कमी आएको भए पनि घरेलु बजारमा बासमती र गैरबासमती चामलको मूल्यमा ह्वात्तै बढेको थियो । घरजग्गा बजारमा सुस्ती छाएपछि मानिसहरू थुपार्नका लागि चामलमा लगानी गरिरहेको बताइएको छ । अन्य क्षेत्रमा सुस्ती छाइरहँदा धान चामल मुनाफा कमाउने क्षेत्रको रूपमा उदाएको छ । गुणस्तर राम्रो नहुँदा इरान र अफगानिस्तानतर्फ बासमती चामलको निर्यात प्रभावित भएको छ । विश्वमा ८ ठाउँका बासमती चामल लोकप्रिय छ । यीमध्ये ६ ओटा ठाउँ पाकिस्तानमा र २ ओटा ठाउँ भारतमा पर्दछन् । अहिले देशमै बासमती चामलको बीउ उमार्ने विषय समस्या बनेको छ । डिफल्टमा जाने खतरा बढिरहँदा विदेशी मुद्रा आर्जन घट्दै गइरहेको  छ । पाकिस्तानको विप्रेषण आप्रवाह घटेर ३१ महीनाकै न्यून स्तरमा झरेको हालै सरकारले सार्वजनिक गरेको तथ्यांकले देखाएको थियो ।

सम्बन्धित सामग्री

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज पुस २३ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी ७, २०२४ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । म्यान्माबाट ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात म्यान्माले आर्थिक वर्ष २०२३-२४ को पहिलो नौ महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात गरेको छ । सो निर्यातबाट ४६२ […]

म्यान्माबाट ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात

याङ्गुन– म्यान्माले आर्थिक वर्ष २०२३-२४ को पहिलो नौ महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात गरेको छ । सो निर्यातबाट ४६२ मिलियन अमेरिकी डलर आम्दानी भएको हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  सो नौ महिनाको अवधिमा पनि डिसेम्बर महिनामा सबैभन्दा बढी चामल निर्यात भएको र राजस्व ९९ मिलियन डलर संकलन तथ्यांकले देखाएको […]

चिनी र चामल आयातका लागि व्यवसायीलाई आह्वान

भारतले निर्यात प्रतिबन्धका बाबजुद कोटामा चिनी र चामल निर्यात गर्ने जनाएपछि सरकारले भारतबाट आयात गर्न इच्छुक व्यवसायीलाई आवेदन दिन आह्वान गरेको छ । चिनी आयातका लागि ५ पुस र चामल आयातका लािग...

नेपालसहित ७ देशमा बासमतीबाहेकको चामल निर्यात गर्न भारतले दियो अनुमति

भारत सरकारले नेपालसहितका १० मुुलुकमा बासमतीबाहेकका चामल निर्यात गर्न अनुमति दिएको छ।

नेपालसहित ७ देशमा बासमतीबाहेकको चामल निर्यात गर्न भारतले दियो अनुमति

भारत सरकारले नेपालसहितका १० मुुलुकमा बासमतीबाहेकका चामल निर्यात गर्न अनुमति दिएको छ।

नेपाललाई ९५ हजार टन चामल निर्यात गर्दै भारत

भारत सरकारले नेपालसहित सात देशमा १० लाख टन चामल निर्यात गर्ने भएको छ ।

भारतले नेपालसहित सात देशमा १० लाख टन चामल निर्यात गर्दै

भारतले नेपाल, क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैरबासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ ।

भारतले हटायो नेपालमाथिको चामल निर्यात प्रतिबन्ध

काठमाडौं । भारतले नेपालसहित ७ मुलुकमाथिको चामल निर्यात प्रतिबन्ध हटाएको छ । नेपालसहितका ७ देशमाथि लगाइएको चामल निर्यात प्रतिबन्धन हटाइएको भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै जानकारी दिएको हो । भारतले आन्तरिक उत्पादनमा ह्रास आएको भन्दै बासमतीबाहेकका सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

‘कृषिको रूपान्तरण गर्न ठोस राष्ट्रिय गौरवका योजना बनाउनुपर्छ’

कृषि प्रधान मुलुकको कृषि तथा पशुपंक्षी विकास मन्त्रीको जिम्मेवारीमा अहिले वेदुराम भुसाल छन् । विगतमा मुलुकले धान चामल निर्यात गर्दै आएको थियो । धान चामल निर्यात गर्न सरकारले कम्पनी नै स्थापना गरेको थियो । अझै पनि मुलुकको ठूलो जनशक्ति कृषि पेशामा आवद्ध छ । तर वर्षौंदेखि हाम्रो कृषि निर्वाहमुखी भन्दा माथि उठन सकेको छैन । […]

ओखती नभएको बिरामी सरकार र हाम्रो कृषि

उत्तम कृषि, मध्यम व्यापार, अधम जागिर।नेपाल साँच्चै कृषि प्रधान देश भएको बेला चलेको उक्ति हुनुपर्छ यो।देश कमिशन प्रधान भइसकेपछि उक्ति पनि समयानुकूल बनाइनु पर्छ कि ? यस सम्बन्धमा प्रज्ञा प्रतिष्ठानले सोचेकै होला। कुनै बेला यस देशले इण्डिया जस्तो विशाल देशमा धान चामल निर्यात गर्थ्यो रे, यसका लागि सरकारले कंपनी नै खोलेको थियो भन्ने अकिंचनले पढेको हो।अकिंचनलाई करिब १६ वर्षअघि एक वरिष्ठ पत्रकारले सुनाएका थिए, वि सं २०१५ तिर उसको गृहराज्य केरल खाद्य संकटग्रस्त हुँदा पनि नेपालले चामल निर्यात गरेको